मिस इन्डिया हुन् परेश रावलकी श्रीमती, १२ वर्ष लिभइनमा बसेपछि गरेका थिए विवाह

बलिउड अभिनेता परेश रावलले आफ्नो अभिनयले धेरैको मन जित्न सफल भएका छन् । आफ्नो बहुप्रतिभाशाली अभिनय क्षमता, ठट्यौली पारा र भिन्न पर्सनालिटीका कारण परेश रावल मानिसहरुको मन मुटुमा बस्न सफल भएका छन् ।

कुनै फिल्ममा परेश रावल छन्, चाहे त्यो फिल्म चलोस् नचलोस्, उनले मनोरञ्जन भने दिने गर्छन् । साढे २ दशकदेखि परेश रावल अभिनयको दुनियाँमा सक्रिय छन् । अभिनेताको जन्मदिनमा उनको नीजि र व्यावसायिक जीवनसँग सम्बन्धित रोचक जानकारी साझा गरौं ।

परेश रावलको जन्म ३० मे, सन् १९५५ मा मुम्बईमा भएको थियो । अभिनेताले मुम्बईबाट नै कमर्समा ग्रेजुएशन गरे र थिएटरसँग जोडिए । उनले सन् १९७९ की मिस इन्डिया स्वरुप सम्पतसँग विवाह गरे । परेश रावलको स्वरुपसँग पहिलो भेट सन् १९७५ मा एक कार्यक्रमका बेला भएको थियो । स्वरुपलाई देख्ने बित्तिकै परेश रावल उनीप्रति आकर्षित भए ।

उनले त्यति नै बेला उनीसँग विवाह गर्ने निश्चय गरिसकेका थिए । तर यो त्यति सहज थिएन । यसका लागि परेशले निकै मिहिनेत गर्नुपर्यो । त्यसपछि सन् १९८७ मा १२ वर्ष सँगै बसेपछि परेशले स्वरुपसँग विवाह गरे । यी दुईका दुई सन्तान छन् ।

मिस इन्डिया हुन् परेश रावलकी श्रीमती, १२ वर्ष लिभइनमा बसेपछि गरेका थिए विवाह

दिनेशले ल्याए कोरोना महामारीमा उत्साह जगाउने गीत

मिस इन्डिया हुन् परेश रावलकी श्रीमती, १२ वर्ष लिभइनमा बसेपछि गरेका थिए विवाह

श्रीमतीभन्दा १२ वर्ष कान्छा छन् कृष्णा अभिषेक,

Leave a comment

Your email address will not be published. Required fields are marked *