दिनेशले ल्याए कोरोना महामारीमा उत्साह जगाउने गीत

कोरोना महामारीको बेला मानिसमा उत्साह जगाउन गीतकार दिनेश खड्काले नयाँ खुसीको गीत ल्याएका छन् । कोरोना महामारीले मानिसमा निराशा छाइरहेको बेला संगीतको माध्यमबाट सकारात्मक सोच्न र आशावादी हुन यो गीतले प्रेरित गर्दछ ।

आफन्त तथा प्रियजन गुमाउन परिरहेको र बिरामी भएकाहरुले उपचारको अभावमा छट्पटाउनु पर्ने विकराल अवस्थामा शब्द संगीतको माध्यमबाट मानिसमा नयाँ उर्जा थप्न गीत तयार पारेको खड्काले बताए । गीतमा बरिष्ठ संगीतकार सुरेश सेन्चुरीको संगीत संयोजन रहेको गीतमा विशाल आत्रेय, सरिता पन्थी, शिव बि.क. र सिमा थापाले स्वर दिएका छन् ।

गीतको म्युजिक भिडियो निर्देशन तथा सम्पादन गीतकार खड्काले नै गरेका छन् । भिडियोमा बिभिन्न समयका भिडियो फुटेज प्रयोग गरिएको छ । २०७२ को भूकम्प समयमा पनि खड्काले यस्तै उत्साह जगाउने २ वटा गीत ल्याएका थिए ।

दिनेशले ल्याए कोरोना महामारीमा उत्साह जगाउने गीत

बजेटले चलचित्र क्षेत्रमा उत्साह : नवल खड्का

दिनेशले ल्याए कोरोना महामारीमा उत्साह जगाउने गीत

मिस इन्डिया हुन् परेश रावलकी श्रीमती, १२

Leave a comment

Your email address will not be published. Required fields are marked *