बजेटले चलचित्र क्षेत्रमा उत्साह : नवल खड्का

काठमाडौंँ । सरकारको तर्फबाट शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा जारी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा नेपाली चलचित्र प्रबर्द्धन लागि बजेट विनियोजन गरेको भन्दै नायक निर्माता नवल खड्काले बजेटले चलचित्र क्षेत्रमा उत्साह सञ्चार गराएको बताएका छन् ।

बजेटको बिषयमा सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले बजेट नीतिले चलचित्र क्षेत्रलाई सबल तुल्याउने विश्वास समेत व्यक्त गरेका छन् ।

‘०७८/७९ को बजेटमा गरिएको चलचित्र सम्बन्धी व्यवस्थाले चलचित्र क्षेत्रका लागि उत्साह संचार गरेको छ । यसलाई सकारात्मकता साथ सरकारको प्रशंसा गर्दछु’ खड्काले अगाडि लेखेका छन्– ‘तर कोरोना कहरमा यी व्यवस्थाहरु कसरी कार्यान्वयन गर्न सकिएला वा यसमा सरकारका विद्यमान नीति नियमले के कस्ता बाधा अड्चन गर्लान् त्यसबारे म निश्चिन्त छैन ।’

खड्काले बजेटमा चलचित्र क्षेत्र समेट्न पहल गर्ने चलचित्र विकास बोर्डलाई पनि धन्यवाद दिएका छन् ।बजेटमा सर कारले कोरोनाका कारण जारी निषेधाज्ञा अवधिभर चलचित्र क्षेत्रलाई विद्युत डिमान्ड शुल्क छुट दिने, चलचित्र घरहरूको आ.व. २०७७/७८ करयोग्य आयमा १% मात्र कर, चलचित्र सामाग्री वा यन्त्रमा भन्सार छूट, नवीकरण दस्तुर मिनाहाको व्यवस्था गरेको छ । बजेटमा ७ प्रदेशमा छायाँंकन स्टुडियो निर्माण, स्टोरी बैंक, काभ्रेमा अत्याधुनिक इनडोर स्टुडियो निर्माणका लागि समेत रकम विनियोजन गरेको छ ।

बजेटले चलचित्र क्षेत्रमा उत्साह : नवल खड्का

करिश्माले बाँडिन् चलचित्र प्राविधिकलाई राहत

बजेटले चलचित्र क्षेत्रमा उत्साह : नवल खड्का

दिनेशले ल्याए कोरोना महामारीमा उत्साह जगाउने गीत

Leave a comment

Your email address will not be published. Required fields are marked *