प्रियंका कार्कीको आक्रोश : ए, बुझ पचाउने सरकार, राति निन्द्रा राम्रो लाग्छ ?

काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले अहिलेको समयमा देश र जनतालाई चुनाव नचाहिएको बताएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा नेपाल सरकारलाई अनुरोध गर्दै सरकारलाई अहिलेको देशको स्थिती आँखा खोलेर हेर्न आग्रह गरेकी छन् ।

उनले स्ट्याटस लेख्दै भनेकी छन्, “अहिलेको समयमा देश र जनतालाई चुनाव चाहिँदैन । यो अहिलेको प्राथमिकतामा पर्दैन । यति सामान्य कुरा पनि देख्न र बुझ्न नसक्ने ?”

उनले महामारीमा जनताको दुख नबुझेको भन्दै सरकारप्रति आक्रोश गरेकी छन् । उनी लेख्छिन्, “अहिलेको नाजुक घडीमा ४० अर्ब चुनावमा खर्च गर्ने ? देश र जनतालाई साच्चै यही चाहिएको हो त यो समयमा ?

बुझ पचाएर बस्ने ? अझै पनि आफूले आफुसँग नजर मिलाउन सक्छौ ? ए सरकार ? राति निन्द्रा राम्रो लाग्छ ? तिम्रो देश जलिरहेको छ। नेताहरू मरिरहेका छन्। आक्रोश फैलिएको छ। त्रास छ। डर छ।”

https://www.facebook.com/PriyankaKarkiofficial/posts/334347998056455

प्रियंका कार्कीको आक्रोश : ए, बुझ पचाउने सरकार, राति निन्द्रा राम्रो लाग्छ ?

फिल्म ‘ओभर डोज’ को अमेरिकामा प्रिमियर

प्रियंका कार्कीको आक्रोश : ए, बुझ पचाउने सरकार, राति निन्द्रा राम्रो लाग्छ ?

गायिका लासिमित राईको निधन

Leave a comment

Your email address will not be published. Required fields are marked *