नेकपा माओवादी केन्द्रको दोस्रो नगर सम्मेलनबाट अध्यक्षमा पुनः राना


दुर्गा विसि : नेकपा माओवादी केन्द्र बनगाड कुपिण्डे नगरपालिकाको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ । बनगाड कुपिण्डे नगरपालिकाको वडा नं १ देवस्थल सल्यानमा माओवादी केन्द्रको दोस्रो नगर सम्मेलन आयोजना गरिएको थियोे ।

दुई दिनसम्म सञ्चालित सम्मेलनले अध्यक्षमा कृति बहादुर राना,उपाध्यक्ष मोमत रोका, विरबहादुर बुढा र कुल बहादुर पुरी,सचीव दुर्गा बहादुर बुढाथोकी,सह सचीव जीवन सिह ठकुरी,कोषाध्यक्ष मन्जु यरि सहित ६५ सदस्यीय नगर कमिटी घोषणा भएको छ ।

यश अघि पनि नेकपा माओवादी केन्द्रको नगर कमिटी अध्यक्षमा राना थिए । पदाधिकारी छनौटमा आकांक्षि वढे पछि निकै रसाकसि भएको थियोे । बन्द सत्रमा नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष राजकुमार शर्माको उपस्थिति रहेको थियोे ।नगर पदाधिकारी छनौट पछि नव गठित कमिटीलाई सपथ खुवाएको थियोे ।

नेकपा माओवादी केन्द्रको दोस्रो नगर सम्मेलनबाट अध्यक्षमा पुनः राना

उत्पादन घट्दै, खाद्य संकट बढ्दै

नेकपा माओवादी केन्द्रको दोस्रो नगर सम्मेलनबाट अध्यक्षमा पुनः राना

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *