विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ लाख नाघ्यो

एजेन्सी : विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ लाख ६ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा विश्वभर साढे आठ हजार कोरोना संक्रमितको मृत्यु भएको छ।

जसमध्ये रुसमा ७९९, ब्राजिलमा ६६५, अमेरिकामा ६००, इरानमा ६१४, इन्डोनेशियामा ५९१ र मेक्सिकोमा ८६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यस्तै‚ विश्वभर पछिल्लो एकै दिन पाँच लाखभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। जसमध्ये अमेरिकामा ६८ हजार ३५४, भारतमा ४५ हजार, ब्राजिलमा २४ हजार ६९९ र रुसमा १९ हजार ४९२ जना थपिएका छन्।

फ्रान्समा १७ हजार ५९०, बेलायतमा ३२ हजार ४०६, टर्कीमा १७ हजार ९१२, इरानमा २६ हजार संक्रमित थपिएका छन्।

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ लाख नाघ्यो

काबुलको उद्धार उडान र विमान चालकको अनुभव

Leave a comment

Your email address will not be published. Required fields are marked *