श्रीलङ्काद्वारा भारतसँगको सीमा नाका खुल्ला

एजेन्सी : श्रीलंकाले भारतसँगको सीमा नाका सर्तसहित खुल्ला गरेको छ। कोभिड–१९ महामारीका कारण लामो समयदेखि बन्द गरिएको सीमानाका अहिले खुला गरिएको अधिकारीहरूले जनाएका छन्।

खुला गरिएको नाकाबाट पूर्ण खोप लगाएका र कोभिड नेगेटिभ भएको पिसिआर रिपोर्ट भएका व्यक्तिलाई मात्रै आवतजावत गर्न दिइने भएको छ। यात्रुले पिसिआर रिपोर्ट ७२ घण्टाभित्रको देखाउनुपर्ने व्यवस्था गरिएको सरकारी अधिकारीले जानकारी दिएका छन्।

सरकारी अधिकारीले जारी गरेको वक्तव्यका अनुसार श्रीलंकाबाट भारतको चेन्नई, मुम्बई, बैंग्लौरलगायतका क्षेत्रमा हवाई उडान पनि सुरु हुनेछ । त्यसका लागि उडान तालिकासमेत बनिसकेको उनीहरूले जनाएका छन्।

स्वास्थ्य सुरक्षाको अवस्था, माग, आवश्यकतालगायत आधारमा आवतजावतको तालिका थप विस्तार पनि हुने वक्तव्यमा उल्लेख गरिएको छ। श्रीलंकन एयरलाइन्ससहित विभिन्न विमान सेवाप्रदायक कम्पनीले यात्रुका लागि सहुलियत तथा आकर्षक प्याकेज पनि घोषणा गरेको छ।

श्रीलंकाबाट भारत जानेभन्दा पनि भारतबाट श्रीलंका आउनका लागि प्रेरित गर्न खोजिएको र यसले विस्तारै देशको पर्यटन, व्यापार, व्यवसायलाई पुनःउत्थान गर्न सजिलो बनाउने धेरैले विश्वास लिएका छन्।

श्रीलंका आएकालाई देशको जुनसुकै ठाउँ पनि जान सकिने व्यवस्था गरिएको, तर स्वास्थ्य मापदण्ड भने कडाइका साथ पालना गर्नुपर्ने सर्त भने राखिएको अधिकारीले जानकारी दिएका छन्।

श्रीलंकामा अहिलेसम्म चार लाख १६ हजार ९६१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये आठ हजार ३७१ जनाको मृत्यु भएको छ।

श्रीलङ्काद्वारा भारतसँगको सीमा नाका खुल्ला

काबुलको उद्धार उडान र विमान चालकको अनुभव

श्रीलङ्काद्वारा भारतसँगको सीमा नाका खुल्ला

काबुलको उद्धार उडान र विमान चालकको अनुभव

Leave a comment

Your email address will not be published. Required fields are marked *