२०८२ बैशाख १७ गते
×

Now Playing

शहिद विसीको नाममा चोकको नामाकरण


सुर्खेत, १६ माघ ।
नेपालमा संघीयता स्थापना भएसँगै कर्णाली प्रदेशलाई सु्दुरपश्चिम प्रदेशमा गाभेको भन्दै सुर्खेतमा भएको आन्दोलनमा पनि ज्यान गुमाउने शहिदहरुको परिवारले यहि अवस्था रहिरहे प्रदेश प्राप्तीको आन्दोलनमा ज्यान गुमाएका शहिदको सपना पुरा नहुने गुनासो गरेका छन् ।
‘हाम्रो दाजुले कर्णाली प्रदेश बनाउनका लागि ज्यान दिनु भयो । उहाँले कर्णालीको राजधानी वीरेन्द्रनगरमा नै हुनुपर्ने, आफूहरु सुदुरपश्चिममा नजाने भन्दै दलहरुले गरेको आन्दोलनमा सहभागिता जनाउनुभयो ।’ शहिद यामबहादुर विसीकी बहिनी भगवती भन्छिन्, ‘प्रदेश प्राप्त भयो, राजधानी वीरेन्द्रनगर बन्यो तर न उहाँको सपना पुरा गर्न तिर कोही लागेका छन्, न त कसैले शहिदलाई सम्झने गरेका छन् ।’ उनले राज्य चलाउनेहरु सत्तँ र शक्तिप्रति वफादार भएको बताउँदै शहिदहरु प्रति अनुदार भएको आरोप लगाईन ।
२०७२ साउन २५ गते शहादत प्राप्त गरेका यामबहादुर विसीको साउन ३२ गते अन्त्यष्टी गरिएको थियो । उनको अन्त्यष्टी पूर्व राजनीतिक दल, विभिन्न सामाजिक संघसंस्थाका प्रमुख एवम प्रतिनिधिहरुले प्रदेश स्थापना भएको खण्डमा विभिन्न मागहरु पुरा गर्ने सहमति शहिद परिवारसँग गरेको थियो । तर हालसम्म ती गरिएका सहमति कार्यान्वयन नहुँदा उनीहरुमा निराशापन छाएको छ ।
‘हामीलाई उतिबेला धेरै आश्वासन दिइयो । ति आश्वासन पुरा गर्नु त परको कुरा हो ।’ शहिद विसीका पिता शेरबहादुरले भने, ‘शहिद शालिक बनाउने, चोकको नामाकरण गर्ने जस्ता कामहरु पनि भएका छैनन् । तिनै शहिदहरुको बलिदानीबाट प्राप्त सत्ता र शक्तिमा राज्य संचालन गर्नेहरु रमाइरहेका छन् ।’ साउन ३२ गतेको सहमति अनुसार पनि प्रदेश सरकार, राजनीतिक दलहरु अघि बढन नसकेको उनको गुनासो छ ।
‘हामी सँग गरिएका सहमति अनुसार उच्च शिक्षासम्म छात्रवृत्ति, शहिद परिवारका एक जनालाई रोजगारी दिइने, चोकको नामाकरण गर्ने, शहिदको शालिक राख्ने मध्ये छात्रवृत्ति दिने बाहेक अन्य काम भएको छैन ।’ उनले भने, ‘यसकालागि हामीले प्रदेश सरकार, स्थानीय सरकार गुहार्दा समेत उनीहरुले सुनेजस्तो मात्रै गर्ने गरेका छन् ।’
चोकको नामाकरण
यसैबीच, वीरेन्द्रनगर वडा नं. सातको कालिञ्चोक नजिकै रहेको चोकलाई शहिद विसीका आफन्तले शुक्रबार शहिद याम विसी चोक भनेरु नामाकरण गरेका छन् । ‘सरकारसँग बारम्बार आग्रह गरेपनि कसैले सुनेन । शहिद भएको १५ वर्षसम्म कसैले पनि सत्तँ भन्दा शहिदको सम्मान गर्नतर्फ ध्यान नदिएका कारण नीजि लगानीमा नै चोकमा वोर्ड टाँसेका छौं । वोर्डको नामाकरण गरेका छौं ।’ भगवती भन्छिन्, ‘हामीले नगरपालिकाका उपप्रमुख, प्रमुख र वडाअध्यक्षलाई आइदिन हारगुहार गरेपनि कोही आउन मानेनन् । यसको अर्थ उहाँहरु शहिद प्रति सकारात्मक हुनुहुँदैन भन्ने हामीलाई लाग्यो ।’ नजिकै रहेको प्रदेश सरकार, पालिकालाई कुर्न भन्दा आफै नामाकरण गरौं भनेर टोलसमितिका अध्यक्ष उपस्थिति र वडा कार्यालयका अनुमतिमा वोर्ड राखिएको उनीहरुको भनाई छ ।
कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा २५ गते विसिसहित टिकाराम गौतम, गोपाल सिंह रजवारको प्रहरीको गोली लागि मृत्यू भएको थियो । अहिले प्रदेश सरकारले शहिदहरुको मन्त्रालयमा फोटो माात्रै टाँसेको बताउँदै उनीहरुलाई संधै सम्झिने बनाउन शालिक निर्माण गर्नुपर्नेमा जोड दिइरहेका छन् ।

 

 

Leave a comment

Your email address will not be published. Required fields are marked *