२०८२ बैशाख १७ गते
×

Now Playing

माघ १७ गते सुर्खेतमा कुनै भेला छैनः नेकपा सुर्खेत

सुर्खेत, १६ माघ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटि सुर्खेतले माघ १७ गते शनिबार कुनै पनि भेलाको आयोजना नगरिएको विज्ञप्तीमार्फत जानकारी दिएको छ । नेकपा जिल्ला कमिटिका अध्यक्ष ध्रुवकुमार शाही र सचिव कृष्णबहादुर जिसीद्धारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्ती अनुसार नेकपा सुर्खेतका आयोजनामा शनिबार जिल्ला स्तरीय भेला हुने भन्दै सञ्चारमाध्यममा र सामाजिक सञ्जालमा गरिएको भ्रमपूर्ण प्रचार प्रति नेकपा सुर्खेतको गगम्भीर ध्यानाकर्षण भएको छ ।

विज्ञप्तीमा भनिएको छ, जिल्ला पार्टीको तर्फबाट माघ १७ गते कुनै भेला नरहेको जानकारी गराउँदै भ्रममा नपर्न हुन अनुरोध गर्दछौं । विज्ञप्तीमा पार्टी प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनका विरुद्ध आन्दोलनमा रहेको स्मरण समेत विज्ञप्तीमा गरिएको छ ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *