नेकपाको आधिकारिक नेतृत्व ओलीले नै गरेका छन्ः अध्यक्ष पुन

दुर्गा विसि
सल्यान १६ माघ ।
नेकपा सल्यानका ओली पक्षका जिल्ला अध्यक्ष गोविन्द पुनले नेकपाको आधिकारिक नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेको बताएका छन् । वनगाड कुपिण्डे नगरपालिका वडा नं. पाँचमा आयोजना गरिएको वडा स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले आधिकारिक नेकपा ओली समूह नै भएको बताउँदै कोही कतै भ्रममा नपर्न आग्रह गरे ।


‘हामीले नेतृत्व गरेको नेकपा र चुनाव चिन्ह समेत कोहि कसैसँग जाँदैन । बाटो विराएका साथीहरु विस्तारै मुलघरमा फर्किन्छन ।’ अध्यक्ष पुनःले भने, ‘देशमा विकासको आधार तय हुदै गर्दा देशको स्थिर विकास र स्थायित्व देख्न नचाहनेहरुको भिडले देशलाई अस्थिरतातर्फ धकेलेको र त्यसका विरुद्ध ताजा जनादेश ल्याउन र संविधान जोगाउन यो कदम चालिएको हो ।’
शुक्रबार वडा नं ५ मा भएको वडा स्तरीय भेलामा कर्णाली प्रदेश परिषद सल्लाहकार समिति सदस्य नेपाल राष्ट्रिय शिक्षक संघठन कर्णाली प्रदेश उपाध्यक्ष अकवर पुन,कर्णाली प्रदेश परिषद सल्लाहकार सदस्य साथै २ नं वडा अध्यक्ष प्रतिमल वुढाथोकि, नगर कमिटि सदस्यसँगै ७ नं वडा अध्यक्ष विनायक केसि, नगर कमिटी सदस्य तिलाराम वुढा, हस्त पुन, युवा संघ नगर संयोजक विवेक पुन, कार्यपालिका सदस्य विन्दु सुनार लगाएका वक्ताहरुले धारण राखेको जनाएको छ ।

नेकपाको आधिकारिक नेतृत्व ओलीले नै गरेका छन्ः अध्यक्ष पुन

जागिरबाट अवकाश पाएपछि समाजसेवामा

नेकपाको आधिकारिक नेतृत्व ओलीले नै गरेका छन्ः अध्यक्ष पुन

शहिद विसीको नाममा चोकको नामाकरण

Leave a comment

Your email address will not be published. Required fields are marked *