सार्वजनिक शिक्षा मेरो पहिलो प्राथमिकता– शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

काभ्रेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सार्वजनिक शिक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको हो ।

 


मन्त्री पौडेलले भन्नुभयो, ‘निजी क्षेत्रलाई नीति दिएर नियमन गरी सार्वजनिक शिक्षा सुधार गर्ने हाम्रो लक्ष्य हो ।’

सार्वजनिक शिक्षाको सुधारका विषयमा आफूले अध्ययन गरिरहेको बताउँदै केही समयमा नतिजा देखिने गरि काम हुने उहाँले बताउनुभयो ।

‘अहिले शिक्षाभित्रका समस्या, चुनौतिका विषयमा शुष्म अध्ययन गरिरहेको छु,’ मन्त्री पौडेलले भन्नुभयो, ‘आफ्नो कार्यअविधिमा हुन सक्ने काम हुन्छ ।’
काभ्रे काठमाडौंबाट नजिकै भएकोले पूर्वाधार विकासमा अझै प्रगति भएका स्थानीयको जीवनस्तर सुध्रने उहाँको भनाइ छ ।

गणतान्त्रिक आन्दोलनमा आफू काभ्रेली जनताको घर–घरमा पुगेको स्मरण गर्दै यहाँको जनताको समस्या नजिकबाट बुझेको बताउनुभयो ।

सार्वजनिक शिक्षा मेरो पहिलो प्राथमिकता– शिक्षामन्त्री पौडेल

अल्मुताइरी र एन्फाबीच तीन वर्षको सम्झौता

सार्वजनिक शिक्षा मेरो पहिलो प्राथमिकता– शिक्षामन्त्री पौडेल

एमाले र एकीकृत समाजवादीबीच विवाद बढेपछि गौरीगंगाको

Leave a comment

Your email address will not be published. Required fields are marked *