रुकुम पश्चिमका ६ पालिकामा एमालेको नेतृत्व चयन

सुर्खेत । रुकुम पश्चिमका ६ पालिकामा नेकपा एमालेले नयाँ नेतृत्व चयन गरेको बताएको छ । नेकपा एमाले रुकुम पश्चिम जिल्ला प्रचार विभाग प्रमुख कर्णबहादुर ओलीका अनुसार सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

मुसिकोट नगरपालिकामा थल बहादुर ओलीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी, चौरजहारी नगरपालिकामा अतिराम ओलीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी र आठबिसकोट नगरपालिकामा दिनेश चन्दको अध्यक्षतामा ७५ सदस्यीय कमिटी चयन भएको जानकारी दिए ।
बाफिकोट गाउँपालिकामा ब्युँझना पुन देवकोटाको अध्यक्षतामा ७५ सदस्यीय कमिटी, त्रिवेणी गाउँपालिकामा डिल्ली बहादुर ओलीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी र सानीभेरी गाउँपालिकामा लोक बहादुर खड्काको अध्यक्षतामा ४३ सदस्यीय कमिटी गठन भएको छ ।






