कांग्रेस चुनावको पक्षमा छैन, सरकारमा पनि नजाँने । रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको अहिलेको निर्णयले देशलाई अफगानिस्तानतर्फ लगेको आरोप लगाएका छन । विराटनगर विमानस्थलमा पत्रकारहरूसँग नेता पौडेलले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीको निर्णयले देशलाई बर्बादीतर्फ लान खोजिएकाले नेपाली कांग्रेसले यसको प्रतिरक्षा गरेको बताए। अदालतले संविधानको सही व्याख्या गरेर सही फैसला गर्नेमा आफू ढुक्क रहेको समेत बताए । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेकपा प्रचण्ड(माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराइसकेको छ । त्यस प्रस्तावको समर्थन गर्ने वा नगर्ने भन्नेमा कांग्रेसभित्रै विवाद छ ।
उनले भने, ‘केन्द्रमा पनि छाया सरकार बनाएका छौ । यहाँ पनि हामी प्रतिपक्षमै हो,’ अविश्वासको प्रस्ताव आयो भने अहिलेको सत्ताको खिलापमै जान्छौँ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा नाममा अस्थिरता ल्याउन खोजेको भन्दै उनले अदालतबाट प्रतिनिधिसभा पुनस्स्थापना हुनेमा आफू विश्वस्त रहेको बताए।






