प्रेम गीत ३ फागुन १३ देखि हलमा

काठमाडौं : सन्तोष सेन र छेतन गुरुङको संयुक्त निर्देशन रहेको नेपाली फिल्म प्रेम गीत ३ फागुन १३ देखि प्रदर्शनमा आउने भएको छ । बिहीबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्मका निर्देशक तथा निर्माता सेनले फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेका हुन् ।
प्रेम गीत ३ को पोष्टर राख्दै सेनले दर्शकलाई लक्षित गरेर लेखेका छन्, हजुरहरूको लागि ठूलो चुनोती मोलेर एउटा यस्तो काम गर्ने हिम्मत जुटाएका थियौँ। कोरोना कालको समयमा पनि थप हिम्मतका साथ नेपालदेखि भारतको यात्रामा दिग्गज दिग्गजलाई समेट्न सकेका थियौँ । अन्ततः फागुन १३ गते हजुरहरूलाई सुम्पने निर्णय लिएका छौँ। साथै केही दिनमा ट्रेलर पनि सार्वजनिक गर्ने पनि उनले जनाएका छन् ।
२०७६ को चैतमा नै प्रदर्शनमा आउने भनिएको फिल्म कोरोनाका कारण रोकिएको थियो। यसअघिका प्रेम गीतु र प्रेम गीत २ लाई दर्शकले मन पराएका थिए। ठूलो लगानीमा बनेको प्रेम गीत ३ ऐतिहासिक कथामा बनेको छ । फिल्ममा प्रदीप खड्का र क्रिस्टिना गुरुङ केन्द्रीय भूमिकामा देखिँदै छन् ।
प्रदीप प्रेम गीतको पहिलो फिल्मदेखि नै प्रेमको भूमिकामा देखिँदै आएका छन् । गीतको भूमिका निर्वाह गर्दै गरेकी अभिनेत्री क्रिस्टिनाको यो डेब्यु फिल्म पनि हो ।
हर युग होस् र हात्ती ढुंगाु गरी फिल्मका दुईवटा गीत सार्वजनिक भइसकेका छन् ।






