अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यू

असोज ९, अमर सुनार दैलेख – दैलेखको बिकट गाउँ तोलिजैसीमा अरिङ्गालको टोकाईबाट शनिवार एक जनाको मुत्यु भएको छ । ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीका ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले बताउनुभयो ।

हिजो दिउँसो छोराको सर्टिफिकेट लिन विद्यालय जाने क्रममा अरिङ्गालले टोक्दा घाइते भएका शाहीलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पु¥याई आइसीयुमा राखेर उपचार थालिएको बेला आज उहाँको मृत्यू भएको डीएसपी श्रेष्ठले जानकारी दिनुभयो । मृतक देवबहादुर शाही विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीको भ्रातृ संगठन ‘नेपाल किसान संघ (क्रान्तिकारी)’का जिल्ला अध्यक्ष र पार्टीको जिल्ला कमिटी सदस्य जिम्मेवारीमा हुनुहुन्थ्यो ।
अहिले केही बेरमा परिवारजनले सुर्खेतको भेरीमा दाहसंस्कार गर्ने कार्यक्रम रहेको नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला सचिव दिपेन्द्रले जानकारी दिनुभयो ।






