काबुल विमानस्थल अझै अस्तव्यस्त, देश छोड्न हजारौँ नागरिकको भीड

एजेन्सी । अव्यवस्थित भीड र भागदौड हुँदा अफगानिस्तानको काबुल अन्तरराष्ट्रिय विमानस्थल अझैसम्म अस्तव्यस्त हालतमा छ।

सो विमानस्थलमा गत आइतबारमात्र पनि कम्तीमा सात जना अफगान नागरिकको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको थियो। अहिले सो विमानस्थलमा अफगान र विदेशी नागरिकको ठूलो भीड लागेको छ।

अफगानिस्तानको सत्तामा तालिबान आएपछि एकैपटक हजारौँ मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लाग्ने गरेको छ। गएको हप्तादेखि काबुलको अन्तरराष्ट्रिय विमानस्थल निकै अव्यवस्थाबीच चलिरहेको स्थानीय र अन्तरराष्ट्रिय मिडियाहरूमा खबर छ।

गत अगस्त १५ मा तालिबानले सत्ता कब्जामा लिएपछि संयुक्त राज्य अमेरिका र अफगानिस्तानको सहयोगी राष्ट्रले करिब एक हप्तादेखि उद्धार प्रयास गरिरहेका छन्‌। उद्धार उडानमा जान प्रयास गरिरहेका मानिसको ठूलो संख्याको सामना ती देशका सुरक्षाकर्मीहरूले गरिरहेका छन्। अमेरिकाले मात्रै उद्दार कार्य सम्पन्न गर्न थप पाँच हजारभन्दा धेरै सैनिक काबुलमा विमानस्थलमा खटाएको छ।

राजधानी काबुल, काबुल विमानस्थल र वरपरको अवस्था अत्यन्तै चुनौतीपूर्ण रहेपनि मानिसले सुरक्षित व्यवस्थापनको माग गरिरहेका छन्। त्यहाँको प्रशासनका अधिकारीहरूले व्यवस्थापन गर्न सक्दो प्रयास गरिरहेको बताएपनि एकैपटक धेरै मानिसले देश छोड्न खोज्दा समस्या भएको बताइरहेका छन्‌।

काबुल विमानस्थल अझै अस्तव्यस्त, देश छोड्न हजारौँ नागरिकको भीड

तालिबानले दिएको समयभित्रै अमेरिकाले उद्धार गरिसक्ने

काबुल विमानस्थल अझै अस्तव्यस्त, देश छोड्न हजारौँ नागरिकको भीड

प्रभासको ‘सालार’मा भित्रिए जगपति बाबु

Leave a comment

Your email address will not be published. Required fields are marked *