अफगानी किशोरीको पत्र साझा गरेर एन्जेलिना जोलीले बयान गरिन् पीडा, गरिन् यस्तो अपिल

एजेन्सी । हलिउड नायिका एन्जेलिना जोलीले इन्स्टाग्राममा डेब्यू गरेकी छिन् । नायिकाले इन्स्टामा डेब्यू गरेर अफगानिस्तानकी एक किशोरीको पत्रलाई आफ्नो पहिलो पोस्टको रुपमा सेयर गरेकी छिन् ।

उनले अफगानिस्तानी किशोरीले पठाएको पत्रलाई सेयर गरेर शक्तिशाली सन्देश दिएकी छिन् । उनको यो पोस्टलाई २४ घण्टामा लाखौंले हेरे र लाइक गरेका छन् ।अफगानिस्तानकी युवतकिो पत्र साझा गरेर एन्जेलिना जोलीले लेखिन्, ‘यो त्यो पत्र हो जुन मलाई अफगानिस्तानकी किशोरीले पठाएकी थिइन् ।

हालको समयमा अफगानिस्तानका मानिसहरु सोसल मिडियामा मानिसहरुसँग सम्पर्क गर्न र खुलेर बोल्न सक्दैनन् । त्यसैले म इन्स्टाग्राममा आएँ ताकि उनीहरुको कहानी देखाउन सकूँ र संसारभरीका ती मानिसहरुको आवाज बन्न सकूँ जो यतिबेला मानवताका लागि लडिरहेका छन् ।’

एन्जेलिनाले बयान गरिन् पीडाः

एन्जेलिनाले आफ्नो पोस्टमा अफगानिस्तानको स्थितिमाथि आफ्नो दुःख व्यक्त गर्दै यो लडाईंमा साथ दिन अपिल गरेकी छिन् । उनी भन्छिन्, ‘९÷११ भन्दा दुई हप्ता अघि म अफगानिस्तानको सीमामा थिएँ जहाँ मैले अफगानी शरणार्थीलाई भेटेँ जो तालिबान छोडेर भागेका थिए ।

यो २० वर्ष अघिको कुरा हो । डर र अनिश्चितताका कारण आफ्नो घरबाट अफगानी दौडिरहेको देखेर मेरो मुटु काँप्छ । यति समय र पैसा बर्बाद भएको देख्नु, रक्तपात भएको देख्नु, थुप्रैको ज्यान गएको देख्नु, एक असफलता हो जुन बुझ्न असम्भव छ ।’

‘दशकौंदेखि अफगानीलाई शरणार्थीको रुपमा हेर्नु, जो संसारका सबैभन्दा क्षमतावान् मानिसहरुमध्ये एक हुन्, उनीहरुलाई बोझ ठान्नु, यसले पनि दुःख दिन्छ ।’

‘यो उद्देश्यका लागि जो मानिसहरु कमिटेड छन्, म उनीहरुलाई पिठ्यूँ देखाउँदिन । म उनीहरुको मद्दतका लागि बाटो खोज्नेछु र मलाई आशा छ तपाईंहरुले पनि मलाई यसमा साथ दिनुहुनेछ ।’

अफगानी किशोरीको पत्र साझा गरेर एन्जेलिना जोलीले बयान गरिन् पीडा, गरिन् यस्तो अपिल

टि सिरिज स्टेज वर्क्स ‘ट्यालेन्ट हन्ट’ भदौ

अफगानी किशोरीको पत्र साझा गरेर एन्जेलिना जोलीले बयान गरिन् पीडा, गरिन् यस्तो अपिल

करिश्माले भनिन्- सुन्दरताले मात्र अभिनयमा टिकेको होइन

Leave a comment

Your email address will not be published. Required fields are marked *