यी दाजुबहिनी : जसले टोकियो ओलम्पिकमा एकैदिन स्वर्णपदक जिते

एजेन्सी । टोकियो ओलम्पिक भर्खरै सकिएको छ। पदक जित्ने लक्ष्यसहित हजारौं एथ्लिट्सहरू पछिल्लो खेल महाकुम्भमा सहभागी भएका थिए। सयौं एथ्लिट्सहरूले आफ्नो लक्ष्य पूरा गर्न सफल भए ।

कसैले आफ्नो रेकर्ड सुधार गरे भने कसैले पहिले देखाएको खेलकौशल दोहोर्‍याउन सकेनन्। पदक जित्न नसक्ने खेलाडीले विश्वको सबैभन्दा ठूलो खेलकुद प्रतियोगितामा भाग लिने अनुभव पनि प्राप्त गरे।

तर, हामी तपाईंलाई एक दाजुबहिनीको कथा सुनाउँदैछौँ। जसको लागि यो ओलम्पिक ऐतिहासिक र यादगार साबित भएको छ। उनीहरू दुवैको उपलब्धि ओलम्पिक इतिहासमा पहिले कहिल्यै दर्ज भएको थिएन। उनीहरू दुवैले एकैदिन जुडोतर्फ स्वर्णपदक जितेका थिए।

रक्षाबन्धन अवसरमा हिफुमी आबे र युटा आबेको कथा बीबीसी हिन्दीबाट अनुवाद गरिएको हो।​

एकैदिन जुडोमा स्वर्णपदक

टोकियो ओलम्पिकमा जुडो खेल जुलाई २५, २०२१ मा भएको थियो।

२१ वर्षीय युटा र उनका दाइ २४ वर्षीय हिफुमी जापानी जुडो टोलीका सदस्य थिए। दुवै आ(आफ्नो गोल्ड प्राप्त गर्नका लागि अन्तिम राउन्डमा पुगेका थिए। दुवैको फाइनल पनि एकैदिन थियो।

युटा आबेले महिलाको ५१ केजीमा ब्राजिलकी लारिसा पेमिन्टा, क्वार्टरफाइनलमा बेलायतको चेल्सी जाइल्स र सेमिफाइनलमा इटालीकी ओडेटा ज्युफ्रिडालाई हराएर फाइनलमा प्रवेश गरेकी थिइन्।

हिफुमी र युटाको कथा प्रेरणादायक छ। दुवै जनाले साबित गरे कि दाजुभाइ र दिदीबहिनी झगडा वा माया मात्र गर्दैनन्। खेलकुदमा पनि सँगै इतिहास बनाउन सक्छन्।
उपाधी भिडन्तमा युटाले फ्रान्सकी अमाण्डिन बोचार्डसँग प्रतिस्पर्धा गरिन्‌, उनलाई पराजित गर्दै स्वर्णपदक जितिन्।

हिफुमी आबेले पुरुषको ६६ केजी तौल समूहमा पनि शानदार प्रदर्शन गरे। हिफुमी १६ औं राउन्डमा फ्रान्सका किलियन ले ब्लोक, क्वार्टरफाइनलमा मंगोलियाका योन्डोन्पेरेनलाई बास्खु र सेमिफाइनलमा ब्राजिलका डेनियल कार्गानिनलाई हराएर फाइनलमा प्रवेश गरे। फाइनलमा हिफुमीले जर्जियाको भजा मार्गवेलाश्विलीलाई पराजित गर्दै स्वर्णपदक जिते।

चाखलाग्दो कुरा के छ भने, दुवै भाइबहिनीले केही मिनेटको अन्तरमा स्वर्णपदक जितेका हुन्। पहिले बहिनीले गोल्ड जितिन्। केही मिनेटपछि हिफुमीले स्वर्णपदक जितेर इतिहास मात्र रचेनन्, आफ्नो परिवारसहित सम्पूर्ण जापानलाई गर्वित बनाए।

स्वर्णपदक जितेपछि हिफुमीले पत्रकार सम्मेलनमा भने, ‘यो हाम्रा लागि एकदमै विशेष दिन हो। मलाई लाग्छ स् भाइ र बहिनी दुवैले टोकियो ओलम्पिकजस्ता स्टेजमा गोल्ड जित्नु कति ठूलो कुरा हो। हामी धेरै खुसी छौँ।’

दबाब झेल्दै अब्बल

युटा ५२ केजी तौल समूहमा स्वर्णपदक निम्ति सबैभन्दा बलियो दाबेदार थिइन्। उनले सोचेअनुसार स्वर्णपदक पनि जितिन्। तर, यसको कारण हिफुमीमा धेरै दबाब थियो।

पत्रकार सम्मेलनमा उनले भने, ‘अब म आधिकारिक रूपमा भन्न सक्छु कि मेरी बहिनीसँगै म स्वर्णपदक जित्ने उत्साह बोकेर सहभागी भैरहेको थिएँ। युटाको दाइ भएको हैसियतले मसँग हार्ने विकल्प थिएन।’ ​

हिफुमी जापानबाट ओलम्पिकका लागि छनोट भएका १४ औं र अन्तिम खेलाडी थिए। छनोट चरण खेलहरू गत वर्ष डिसेम्बरमा खेलाइएको थियो, जहाँ उनी ओलम्पिकमा भाग लिन योग्य भएका थिए।

प्रेरणा साझेदारी

दुवैको लागि जुडो बाल्यकाल देखिकै लक्ष्य थियो। जुडो प्रतियोगितामा एक(अर्कोलाई चुनौती दिइन्छ। हरेक खेलाडीका लागि अन्तिम बिन्दु ओलम्पिक हो। उनीहरूले ओलम्पिकमा भाग मात्र लिएनन्, स्वर्णपदक पनि हासिल गरे।

यी दाजुबहिनी : जसले टोकियो ओलम्पिकमा एकैदिन स्वर्णपदक जिते

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि

यी दाजुबहिनी : जसले टोकियो ओलम्पिकमा एकैदिन स्वर्णपदक जिते

YUGAAWHAN NATIONAL DAILY (2078-05-06)

Leave a comment

Your email address will not be published. Required fields are marked *