बराहतालको रानीघाट जाने सकडको अवस्था बेहाल

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर देखि बराहताल गाउँपालिका–२ रानीघाट जाने सडक बाटोको अवस्था बेहाल रहेको छ । हिँउदमा धुलाम्मे र बर्षायाममा हिलाम्मे हुँने यस सडकको अवस्थाले यस सडकमा यात्रा गर्ने यात्रुले सास्ती भोग्दै आएका छन् ।

प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरको छिमेकी पालिका समेत रहेको बराहात गाउँपालिकामा पर्ने उक्त सडक बाटोको राम्रो विकास हुँन नसक्दा यात्रुहरू दैनिक दुःख पाउँनु परेको स्थानीय ललित रानाले बताए ।
रानाले भने ‘यहीँ क्षेत्रका नागरिकको भोटले धेरै नेताहरु सत्तामा पुगे पनि उनै नेताहरूको क्षेत्रमा राम्रो सडकको बिस्तार हुँन नसक्नु लज्जास्पद कुरा हो’, ‘त्यसैले स्थानिय सरकार र प्रदेश सरकारको ध्यान तत्काल यस तर्फ जान जरूरी छ ।’
उक्त सडक अन्तर्गत करिब पाँच किलोमिटर सडकको बिच भागमा खाल्डाखुल्डी, हिलैहिलो र पानीले गर्दा पोखरी समेत बनेको छ ।









