ब्लड डोनर एशोसियसन सुर्खेतमा नयाँ नेतृत्व, अध्यक्षतामा किरण किशोर सापकोटा

सुर्खेत । ब्लड डोनर एशोसियसन शाखा सुर्खेतको दोस्रो अधिवेशनबाट किरण किशोर सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आज (शनिवार) समाज जागरण केन्द्र स्याक नेपालको सभा हलमा सम्पन्न संस्थाको दोस्रो अधिवेशनले सापकोटा अध्यक्षतामा २० सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा यादव खड्का, सचिवमा वीवेचना खनाल, कोषाध्यक्षमा सन्देश थापा, सहसचिवमा नरेशकुमार बुढा निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरुमा रविन्द्र सापकोटा, सुदिप भण्डारी, जगत खत्री, भावना राना, योगेन्द्र खत्री, मदन आचार्य, खिम रावल, बिशाल आचार्य, बिक्रम खत्री, राजेन्द्र अधिकारी, सञ्जयनाथ योगी, सुदिप भट्राई, फिरोज प्रकाश खत्री, बविता खड्का र देवेन्द्र के.सी चयन भएका छन ।

शाखाको सल्लाहकारमा पूर्णप्रसाद पौडेल, कुलमणि देवकोटा, टिकाराम आचार्य, ऋषि गिरी, नवराज खड्का र सागर लम्साललाई चयन गरिएको छ ।

अधिवेशनको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले जिवनका लागि रगत नभई नहुने भएकाले रक्तदानको अभियानलाई फैलाउन एशोसियशनलाई सुझाव दिइन् । उहाँले सुर्खेतमा रक्त सञ्चार केन्द्र स्थापनाका लागि सरोकारवालाहरुबीच समन्वयको भूमिका खेल्न पनि आग्रह गरिन् ।

नेपाल रेडक्रम सोसाइटी सुर्खेत शाखाका सभापती रामलाल आचार्यले कर्णाली प्रदेशमा सुविधासम्पन्न अस्पतालहरु बनेसंगै रगतको माग पनि बढेको भन्दै रक्तदान अभियानमा सहकार्य गरेर अघि बढुने बताए । शाखाका सल्लाहकार एवं खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका राष्ट्रिय उपाध्यक्ष कुलमणि देवकोटाले रगत रक्तदान पुण्यको कार्य भएकाले त्यस सम्बन्धी स्वंसेवि भावना जगाउन आवश्यक रहेको बताए ।

शाखाका संस्थापक अध्यक्ष एवं सल्लाहकार पूर्णप्रसाद पौडेलले मानव जिवनका लागि मानिसकै रगतको विकल्प नभएको भन्दै रक्तदान अभियानमा युवाहरुलाई प्रेरित गर्नुपर्ने बताए । संस्थापक सचिव एवं सल्लाहकार टिकाराम आचार्यले एशोसियसनले स्थापना कालदेखि नै रगतको आवश्यक परेका विरामीहरुको ज्यान बचाउनका लागि रगत जुटाउने काम गर्दै आएको बताउँदै आगामी दिनमा थप प्रभावकारी रुपमा काम गर्न नयाँ कार्यसमितिलाई सुझाव दिए ।

ब्लड डोनर एशोसियसन सुर्खेतमा नयाँ नेतृत्व, अध्यक्षतामा किरण किशोर सापकोटा

बराहतालको रानीघाट जाने सकडको अवस्था बेहाल

ब्लड डोनर एशोसियसन सुर्खेतमा नयाँ नेतृत्व, अध्यक्षतामा किरण किशोर सापकोटा

पानी माग्ने निहुँमा प्रेम प्रस्ताव !

Leave a comment

Your email address will not be published. Required fields are marked *