बक्सिङ छनोटमा सनिल पहिलो

काठमाडौं । ललितपुरका सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६७ केजीमा सोमबार पहिलो भएका छन् ।

नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औं दक्षिण एसियाली खेलकुद ९साग० का स्वर्ण विजेता सनिलले बक्समान्डुका दावा छिरिङ लामालाई ५–० ले पराजित गरे ।

यससंगै छनोट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ५ स्पर्धामा ३२ खेलाडी सहभागी थिए । चार स्पर्धाको फाइनल आइतबारै सकिएको थियो।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको ५१ केजीमा एचटुओका रविन थापा, ५७ केजीमा एपीएफका पूरन राई, ६३ केजीमा १३ औं सागका स्वर्णधारी नेपाल प्रहरीका भुपेन्द्र थापा मगर र ७१ केजीमा एपीएफका विकास लामा आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउदै पहिलो भएका थिए ।

विश्व च्याम्पियनसिपका लागि बक्सिङ संघले गठन गरेको छनोट समितिले यि पाँच मध्ये उत्कृष्टताका आधारमा खेलाडी छनोट गर्ने नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले जनाएका छन् ।

विश्व च्याम्पियनसिप सर्बियाको बेलग्रेडमा अक्टोबर २५ देखि नोभेम्बर ६ तारिखसम्म सञ्चालन हुनेछ ।

बक्सिङ छनोटमा सनिल पहिलो

‘अमेरिका र चीनले आपसी सम्बन्ध नसुधारे शीतयुद्धको

बक्सिङ छनोटमा सनिल पहिलो

तेह्र जिल्लाको काँग्रेस क्रियाशील दस्यताको टुङ्गो लाग्न

Leave a comment

Your email address will not be published. Required fields are marked *