राज कुन्द्रा आज अदालतमा पेश हुने, पोर्न फिल्म बनाएको आरोपमा मध्यरातमा गरिएको थियो पक्राउ

एजेन्सी । बलिउड नायिका शिल्पा शेट्टीका श्रीमान् तथा चर्चित व्यापारी राज कुन्द्रालाई मुम्बईको क्राइम ब्रान्चले सोमबार अबेर राती पक्राउ गरेको छ । कुन्द्रामाथि अश्लील फिल्म बनाएको र केही एप्समा प्रकाशन गरेको आरोप छ ।

स्रोतका अनुसार यो मामिलामा राज कुन्द्रालाई आज (मंगलबार) बिहान ११ बजे प्रहरीले अदालतमा पेश गर्नेछ । यसअघि कुन्द्रालाई बिहान सवा चारमा जेजे अस्पतालबाट मुम्बई कमिश्नर प्रहरीको अफिस पुर्याइएको थियो । उनलाई बिहान ४ बजे अपराध शाखाले मुम्बईको जेजे अस्पतालमा मेडिकल परीक्षणका लागि लगिएको थियो ।

यो मामिलामा कुन्द्रासमेत ११ जना पक्राउस्

मुम्बई पुलिस कमिश्नर हेमन्त नागराले राज कुन्द्रा यो मामिलामा मुख्य आरोपी भएको र आफूहरुसँग उनीविरुद्ध पक्का प्रमाण भएको र उनलाई पक्राउ गरेर सोधपुछ गरिँदैछ ।

यसअघि राज कुन्द्रालाई अपराध शाखाले सोधपुछका लागि बोलाएको थियो । क्राइम ब्रान्चको प्रोपर्टी सेलले उनीसँग सोधपुछ गरिरहेको छ । यद्यपि, गिरफ्तारीपछि प्रहरीले यसमा पोर्न जोडिएको खुलासा गरे ।

यो मामिलामा अब कुन्द्रासमेत ११ जना पक्राउ परिसकेका छन् । त्यसपछि सोमबार राती करिब ११ बजे २ घण्टाको सोधपुछ पछि राज कुन्द्रालाई अपराध शाखाका अधिकारीले पक्राउ गरेका हुन् ।

कुन्द्राले आफ्नो पोर्न कम्पनीमा १० करोड भारु लगानी गरेः

मुम्बई अपराश शाखाका अनुसार राजविरुद्ध यसै वर्ष फेब्रुअरीमा मुद्दा दर्ता गरिएको थियो । राज कुन्द्राले पोर्न फिल्म इन्डष्ट्रिमा ८ देखि १० करोड भारु लगानी गरेका थिए । राज कुन्द्रा र उनको बेलायतमा बसिरहेका भाइले त्यहाँ केनरिन नामको एक कम्पनी बनाए ।

फिल्मको भिडियो भारतमा शुट गरिएको थियो र वी ट्रान्सफर (यो एक फाइल ट्रान्सफर सर्भिस हो)  मार्फत् केनरिनलाई पठाइएको हो । यो कम्पनी राज कुन्द्राले नै बनाए र विदेशमा रजिस्ट्रेशन गराए ताकि भारतको साइबर लबाट बच्न सकियोस् ।

यसरी भयो पर्दाफासः

मुम्बई प्रहरीले फेब्रुअरीमा नायिका गहना विशिष्ठसहित ६ जनालाई पक्राउ गरेका थिए । पछि तीन थप मानिसहरुको गिरफ्तारी भएको थियो । त्यसपछि यसका लागि दुईवटा एफआइआर दर्ता गरियो ।

नायिकालाई अश्लील फिल्मका लागि नग्न दृश्य सुट गराउनका लागि बाध्य पारेको आरोपमा प्रहरीले यो कारवाही गरेको बताइन्छ । पछि, सुट गरिएका फिल्मलाई पेड मोबाइल एप्लिकेशनमा रिलिज गरिएको कुरा सार्वजनिक भएको थियो ।

त्यसपछि प्रहरीले यो घटनासँग जोडिएका अर्का एक व्यक्ति उमेश कामतलाई पक्राउ गरेको थियो । कामतको गिरफ्तारीपछि प्रहरीले यसबारे धेरै कुरा थाहा पायो र पोर्न फिल्मको यो र्७शधवसयाकेटमा राज कुन्द्राको संलग्नताबारे पर्दाफास भयो ।

राज कुन्द्रा आज अदालतमा पेश हुने, पोर्न फिल्म बनाएको आरोपमा मध्यरातमा गरिएको थियो पक्राउ

को हुन् ‘अश्लिल फिल्म’ निर्माण गरेको अभियोगमा

राज कुन्द्रा आज अदालतमा पेश हुने, पोर्न फिल्म बनाएको आरोपमा मध्यरातमा गरिएको थियो पक्राउ

बनगाडमा जनप्रतिनीधि र कर्मचारी विच विवाद हुँदा

Leave a comment

Your email address will not be published. Required fields are marked *