बनगाडमा जनप्रतिनीधि र कर्मचारी विच विवाद हुँदा नगरसभा बन्दक

दुर्गा विसि ।

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा जनप्रतिनिधि र कर्मचारी विच कुरा नमिल्दा अझै नगर सभा हुन सकेन । विवाद निरुपण हुने सम्भावना पनि देखिन ।गत आर्थिक वर्षको भुक्तानी दिन बाँकी रकम र करार १२ कर्मचारीको करार म्याद तथा तलवको प्रक्रिया कर्मचारीले दिन नमाने आव ०७८र०७९ को वजेट सभा विथोलिएको छ ।
कहिले जनप्रतिनिधि जनप्रतिनिधि विच र कहिले कर्मचारी,जनप्रतिनिधि विचका कुरा नमिल्दा अहिले फेरि नगर सभा अन्योलमय वनेको छ ।आफुहरु वजेटका सन्दर्भमा प्रवेशै नगरेको मात्रै २ कारणले नगर सभा रोकिएको नगर प्रमुख गोविन्द कुमार पुनको भनाइ रहेको छ । प्रमुख प्रशासकिय अधिकृत मनोज रेग्मीले सुरुमै करार कर्मचारीको दरवन्दिमा पुरै नयाँ कर्मचारी माग गरि सरकारले पदपूर्ति गरिसकेकोले नितिमा फेरि नगरले करार कर्मचारी राख्दा समस्या हुने वताए पछि करार कर्मचारीलाई कामकाजमा खटाउन समस्या हुने वताउदै आएका छन् ।
निकै कानुनी जटिलता को गाँठो परेको छ ।नगरमा र सबै वडा कार्यालयमा स्थायी दरवन्दि फुलफल रहेकोले पुनः करार कर्मचारी राखिरहन आवश्यक नभएको जनाएको छ । अन्य स्थानीय तहमा वजेट आइसकेको छ भने कार्यनयनको दिशामा समेत अघि वढ्यो सक्यो ।समयमै केही काम नगर्ने ,भएको वजेट समेत फिर्ता पठाउने नगरपालिकाका जनप्रतिनिधिलाई नगरवासिले भने सरापि रहेका छन् ।कामै नगर्ने कर्मचारी र जनप्रतिनिधिको यो नगरमा हल मिलेकाले नागरिकले हद दुख खेपिरहेको स्थानीयको भनाइ हेको छ ।यस्ता कुरामा ऎन कानुन कार्यविधि तयारी लगाएत महत्त्वपूर्ण कुरामा छलफलका गरि तत्काल निर्णय गर्नु पर्ने हो ।
सोहि विषयको छलफलका लागि वोलाएको कार्यपालिका बैठक पनि अनिर्णयको बन्दी वनिरहेको छ ।गहन रुपमा यस्ता विषयले प्राथमिकता पाउदैनन । कार्यकाल समेत अन्तिम बन्दै गर्दा यस्तो अवस्थामा सबै गम्भीर वन्नुपर्ने हो तर उहीँ फेरि पुरानै रोग दोहरिएको छ । यतिखेर भने सम्पूर्ण दोष प्रमुख प्रशासकिय अधिकृत माथि थोपारिएको छ ।निति,विधि र सिस्टम वेगरका कुरामा कहि कतै हस्ताक्षर नगर्ने चट्टानि अडानमा प्रमुख प्रशासकिय अधिकृत रहेका छन् ।
यतिबेला कोभिड नियन्त्रण,अन्य विकास निर्माणकार्यका योजना लगाएतका कुरामा सबै जुट्नु पर्ने हो,अनिर्णित कुरामा इमिडेट्ली यस्ता बैठक छलफल,फोन या अन्य माध्यमबाट गरिरहनु पर्ने समय हो । तेहि अनुसारको छलफलका निम्ति कार्यपालिका बैठक आयोजना गरिएको हुन्छ तर विषय प्रवेशै नगर बैठक सम्पन्न हुन्छ । कर्मचारीको निति विधिसम्मतको अडानले गर्दा सो बैठक वहेस्कार भए पछि कुनै काम अघि वढ्न सकेको छैन ।
नगरमा धेरै विद्ययक,कानुन कार्यविधि अलपत्र परेका छन् ।बाहिर भने फेरि वहुमत र अल्पमत ध्वाँस पैदा भएको स्थानीयले आंशका गरे पनि तेसो नभएको वताएको छ । ससानो कुरामा चित दुखाउने,कर्मचारी देखि जनप्रतिनिधि व्यक्तिगत स्वार्थमा रुमलिनु,विभिन्न वहानामा अट्को थाप्नु,काम लिङ्गरिङ राखिराख्नु,सेवा ग्राही झुलाउनु,विभिन्न समस्या सृजना गर्ने बैठकमा वसेर छलफल सहमति सहकार्य भन्दा अन्यत्रकै सल्लाहमा निर्देशित हुदा समस्या थपिएको आम नागरिकको वुझाइ छ ।
जनतामुखि भन्दा आफु मुखि हुनुले यहाँको मुख्य समस्या रहेको औंल्याएको छ ।केही केहि जनप्रतिनिधिले भने यो नगरमा प्रमुख प्रशासकिय अधिकृत मनोज रेग्मी सरुवा नहुदा सम्म नगर सभा हुने सम्भावना पनि नरहेको जनाउछन्।






