राज कुन्द्रालाई हिरासतमा राख्न अदालतको आदेश, शिल्पा शेट्टीसँग सोधपुछ गर्ने सम्भावना

एजेन्सी । फिल्म अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् तथा व्यवसायी राज कुन्द्रलाई मुम्बईको एक अदालतले २३ जुलाईसम्म प्रहरी हिरासतमा पठाउन आदेश दिएको छ ।

राज कुन्द्राबाहेक अर्का एक व्यक्ति रायन थार्पलाई आज मुम्बईको एक्स्प्लेनेड कोर्टमा पेश गरियो । रायन पनि राज कुन्द्रासँग हिरासतमा रहनेछन् ।

अश्लील फिल्म बनाएको मामिलामा राज कुन्द्रलाई सोमबार राती पक्राउ गरिएको थियो जबकी थार्पलाई मंगलबार पक्राउ गरियो ।

यो मामिलामा हालसम्म १२ जनाको गिरफ्तारी भइसकेको छ । यसको विषयमा नायिका शिल्पा शेट्टीलाई पनि प्रहरीले सोधपुछ गर्न सक्ने बताइएको छ किनभने शिल्पा धेरैजसो व्यापारमा श्रीमान् राज कुन्द्राकी पार्टनर हुन् । मुम्बई प्रहरीको अपराध शाखाले उनलाई हाजिर हुनका लागि चाँडै नै नोटिस पठाउन सक्ने बताएको छ ।

राज कुन्द्रालाई हिरासतमा राख्न अदालतको आदेश, शिल्पा शेट्टीसँग सोधपुछ गर्ने सम्भावना

विप्लवको दौडधुप : वामपन्थी एकता कि सहमति

राज कुन्द्रालाई हिरासतमा राख्न अदालतको आदेश, शिल्पा शेट्टीसँग सोधपुछ गर्ने सम्भावना

को हुन् ‘अश्लिल फिल्म’ निर्माण गरेको अभियोगमा

Leave a comment

Your email address will not be published. Required fields are marked *