बैङ्किङ कसुर मुद्दाकाे फरार पवित्रा श्रेष्ठ पक्राउ

काठमाडौं । बैंक खातामा रकम नभएको चेक दिने पवित्रा श्रेष्ठलाई प्रहरीले पक्रेको छ।

चेक बाउन्स मुद्दामा अदालतबाट सजाय सुनाइएकी श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो।

बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट कसुरदार ठहर भई फरार रहेको अवस्थामा पक्राउ गरेको जनाएको छ।

काठमाडौं पुरानो बानेश्वरकी श्रेष्ठलाई पेप्सीकोलाबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

श्रेष्ठले नबिल बैङ्कको खातामा पैसा नभएको १४ लाख रुपैयाँको चेक दिएर झुक्याएको उच्च अदालत पाटनले ठहर गरेको थियो।

बैङ्किङ कसुर मुद्दाकाे फरार पवित्रा श्रेष्ठ पक्राउ

बालुवा बेचेर गुजारा चलाउँदै जुम्लाका महिला

बैङ्किङ कसुर मुद्दाकाे फरार पवित्रा श्रेष्ठ पक्राउ

माधव नेपाल समूह तत्कालै सरकारमा जाने

Leave a comment

Your email address will not be published. Required fields are marked *