आईपीएलमा सन्दीप अनसोल्ड !

८ फागुन,
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने भारतको चर्चित फ्रेन्चाईज इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटको अक्सनमा अनसोल्ड भएका छन् । चेन्नईमा जारी आईपीएलको अक्सनमा सन्दीप अनसोल्ड भएका हुन् । नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीपलाई कुनैपनि टिमले बोलि लगाएनन् । अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको थियो। 
अब अन्तिम समयमा कुनै टोलीले आग्रह गरेमा सन्दीप फेरि अक्सनमा आउन सक्छन् । बिक्री नभएका खेलाडीलाई अन्तिम समयमा टिमले न्यूनतम मूल्यमा किन्न पाउने नियम रहेको छ । सन्दीपले यस अघि तीन सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए ।
दिल्लीले सन्दीपलाई सन् २०१८ को अक्सनमा न्युनतम मूल्य २० भारुमा अनुबन्ध गरेको थियो । तर, दिल्लीले नयाँ सिजनका लागि सन्दीपलाई रिलिज गरेको थियो । युएईमा भएको गत सिजनको आईपीएलमा भने सन्दीप बेन्चमै सिमित भएका थिए । सन्दीपले तीन सिजनमा कुल ९ खेलमा १३ विकेट लिएका थिए ।






