ओमानविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुवात

काठमाडौं : आइसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु टिम ओमानविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेकाे छ। टस जितेर पहिले बलिङ रोजेको नेपालले पहिलाे दुई ओभरमै ओमानका ओपनर जतिन्द्र सिंहलाई पेभेलिएन फर्कायाे । नेपालले १० ओभर खेल्दा ओमानले तीन विकेट गुमाएको छ।

नेपालका करन केसीले ओमानका जतिन्द्र सिंहलाई दोस्रो ओभरको चौथो बलमा क्याच आउट गरेका छन्। दाेस्राे विकेट पनि करनले नै झारेका छन्। सिंहले १३ बलमा १३ रन जोडेर आउट भए भने दाेस्राे विकेटकाे रुपमा सुफेन महाेमद छैटाैं ओभरमा आउट भए। उनी १६ बलमा ४ रन जाेडेर पेभेलिएन फर्किएका छन्।

करनले नै तेस्राे विकेट झारेका छन्। ८ औं ओभरमा आयान खानलाई पेभेलिएन फर्काए। खानले १८ बल खेल्दै ७ रन जाेडे।

१० ओभर खेल्दै ओमानले ३२ रन जोडेको छ। ओमानविरुद्धको खेलका लागि नेपालले दुई खेलाडी परिवर्तन गरेको छ। तीव्र गतिका बलर गुल्शन झा र मध्यक्रमका ब्याट्सम्यान कुशल मल्ल टिमबाट आउट भएका छन्। शरद भेषवाकर र आरिफ शेखले टिममा स्थान बनाएका छन्। ओमानमा भइरहेको सिरिजमा नेपालले यसअघि तीन खेल खेलिसकेको छ।

तीन मध्ये नेपाल दुई खेलमा पराजित भइसकेको छ। पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै हारेको थियो। तेस्रो खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको थियो।

लिग–२ को अंक तालिकामा नेपाल ७ खेलबाट ६ अंक जोड्दै छैटौं स्थानमा छ। नेपालले ७ मध्ये ४ खेलबाट हार र ३ खेलमा जित निकालेको छ। ओमान १२ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको अमेरिकाको १५ खेलबाट १४ अंक छ।

ओमानविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुवात

संविधान दिवसमा ‘राजा आऊ, देश बचाऊ’ नारा

ओमानविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुवात

सोमबारदेखि १० हिमाली जिल्लाका १८ वर्षमाथिका नागरिकलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *