सोमबारदेखि १० हिमाली जिल्लाका १८ वर्षमाथिका नागरिकलाई कोरोना खोप

सोमबारदेखि १० हिमाली जिल्लाका १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, डोल्पा, बाजुरा , मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका नागरिकलाई भेरोसेल खोप लगाउन लागिएको हो ।

त्यस्तै काभ्रे र चितवनमा २५ वर्ष, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा भने ४० वर्ष माथिकालाई खोप लगाइने मन्त्रालयले जनाएको छ । ५८ जिल्लामा भने ४५ वर्ष माथिका नागरिकलाई खोप लगाइनेछ ।
सरकारले मनाङ, मुस्ताङ र रुकुम पूर्व बाहेकका जिल्लामा असोज ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्रा र कात्तिक ४ गतेदेखि १४ गतेसम्म दोस्रो मात्रा खोप लगाउने तयारी गरेको छ । मनाङ, मुस्ताङ र रुकुमपूर्व पूर्ण खोप जिल्लाका रुपमा घोषित भइसकेका छन् ।

सोमबारदेखि १० हिमाली जिल्लाका १८ वर्षमाथिका नागरिकलाई कोरोना खोप

ओमानविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुवात

सोमबारदेखि १० हिमाली जिल्लाका १८ वर्षमाथिका नागरिकलाई कोरोना खोप

संविधान दिवसको अवसरमा सूर्योदयमा रोड रेस सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *