प्रमुख प्रशासकिय रेग्मीको पहलमा कोभिड नियन्त्रण सामग्री भित्रीयो

दुर्गा विसि

सल्यान । सल्यान बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत मनोज रेग्मीले भारि मात्रामा कोभिड-१९ नियन्त्रण सम्बन्धि स्वास्थ्य सामग्री ल्याउन सफल भएका छन् । स्वास्थ्य मन्त्रालयबाट उक्त सामग्री वुझेर नगरमा पठाएको रेग्मीको भनाइ छ ।

कोभिड(१९ को तेस्रो लहर फैलिरहेको अवस्थामा उक्त सामग्रीले नगरमा थप मद्दत पुर्‍याउने आसा राखिएको छ । नगर सभा नभए पछि सामग्री ल्याउन काठमाडौ धाएका रेग्मीले ठुलो मात्रामा स्वास्थ्य सामग्री ल्याउन सफल भएका छन् ।

नगर सभा नहुनुमा जनप्रतिनिधिले रेग्मीलाई नै दोष थुपार्ने काम गरेका थिए तर समस्या जनप्रतिनिधि,जनप्रतिनिधिविचमै कुरा नमिल्दा सभा रोकिएको स्रोतले वताएको छ । उनको व्यक्तगत पहलमा ७ वटा अक्सिजन सिलिन्डर,एन्टिजिन ७ सय ५० सेट किड, भिटिएम ५ सय ३०,एम सेन्टाइजर ५ सय लिटर,मास्क सर्जिकल ४ हजार,के नाइन्टी फाइभ ५ सय पिस,गाउन सानो ठुलो गरि ८० सेट,गोल्व १ सय ५० सेट,अक्सिजन कन्ट्रेटर ५ लिटर २ वटा र १० लिटरको २ सेट उपलब्ध भएको नगरका निम्ति प्रमुख प्रशासकिय अधिकृत तथा सुचना अधिकारी धर्मराज ढकालले जानकारी दिएका छन् ।

यस अघि पनि कार्यालय प्रमुख रेग्मीले भन्सार छलि भैइ भन्सारमा रहेका ४ वटा गाडी नियमपुर्वक प्रक्रिया अनुसार राजश्वतिरि पुरस्कार स्वरुप अधिकतम कम रेटमा ती बाइक ल्याउने काम समेत गरिएको थियो ।

करिव १५ लाख बराबर रकमको स्वास्थ्य सामग्री नगरमा आएको छ । यसले नगरको स्वास्थ तर्फ विनियोजन हुने वजेटलाइ थप वचतमा टेवा पुर्‍याउने देखिन्छ ।कोभिड नियन्त्रण सम्बन्धि भारि मात्रामा रेग्मीकै पहलमा उक्त स्वास्थ्य सामग्री स्वास्थ भिभागबाट नगरमा आइपुगेको छ ।

प्रमुख प्रशासकिय रेग्मीको पहलमा कोभिड नियन्त्रण सामग्री भित्रीयो

शिलान्यास भएको पाँच वर्ष वित्दा पनि बनेन

प्रमुख प्रशासकिय रेग्मीको पहलमा कोभिड नियन्त्रण सामग्री भित्रीयो

YUGAAWHAN NATIONAL DAILY (2078-05-04)

Leave a comment

Your email address will not be published. Required fields are marked *