परेवा बन्यो सम्बन्ध विच्छेदको कारक

एजेन्सी ।  शान्तिको प्रतिकका रुपमा लिइने परेवालाई देशमा सम्बन्ध विच्छेदको कारक मानिएको छ । इन्डोनेशियाको जाभा प्रान्तमा सम्बन्ध विच्छेदको घटना बढ्नु परेवा कारक भएको छ।

सुन्दै अचम्म लाग्ने यो घटना जाभा प्रान्तको पुर्वालिंगाको हो । जहाँ परेवाका कारण ९० वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भए । एक धार्मिक अदालतमा दर्ता भएका मुद्दामा पीडित महिलाले आफ्ना पतिले परेवा दौड प्रतियोगितामा पैसा गुमाएपछि आर्थिक संकट भएकोले सम्बन्धविच्छेद गर्न बाध्य भएको बताएकी छन्।

आफ्ना पतिले परिवारलाई समय दिनुको साटो परेवा दौडमा दिनभरी व्यस्त हुने भएपछि आजित भएर यस्तो कदम चाल्न बाध्य भएको पीडित महिलाहरुले बताएका छन् ।

इन्डोनेसियाको प्रख्यात खेलका रुपमा रहेको परेवा दौडमा पुरुषहरूले हजारौं रकम दाउमा लगाउने गर्दछन्। इन्डोनेसियाको पुर्वालिंगामा अधिकांश पुरुष वेरोजगार छन्, महिलाहरु भने काममा व्यस्त हुन्छन् ।

परेवा बन्यो सम्बन्ध विच्छेदको कारक

कर्णालीका धेरै स्थानमा बाढीपहिरो, आठ हजार घरधुरी

परेवा बन्यो सम्बन्ध विच्छेदको कारक

जो सामाजिक सेवामै जीवनको महत्व देख्छन्

Leave a comment

Your email address will not be published. Required fields are marked *