थाहै नदिई आफू रहेको विश्वविद्यालयको नाम परिवर्तन गरिएपछि उपकुलपति सिंह आक्रोशित

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले उपकुलपतिलाई समेत जानकारी नदिई नाम परिवर्तन गर्दा आफू आश्चर्यमा परेको बताएका छन्।

विश्वविद्यालयको ११ औ वार्षिकोत्सव समारोहमा बोल्दै उपकुलपति सिंहले ‘मध्यपश्चिमाञ्चल विश्वविद्यालय’ नामका २५ लाख बराबरको कागजपत्र खेर गएको बताए। मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन गरेर मध्यपश्चिम विश्वविद्यालय बनाइएको छ।

भर्चुअल रुपमा आयोजित कार्यक्रममा उनले विश्वविद्यालयमा ११ वटा डिपार्टमेन्ट र ५वटा संकाय रहेकोमा कृषि र मेडिकलका संकायहरु पनि थप गरेर ७ वटा बनाउने तयारीमा रहेको बताए।

उनले भने, ‘म आएको एक वर्ष भयो। गत वर्ष र अहिले पनि आजको दिन पानी परिरहेको छ। आफू बसेकै स्थानबाट विश्वविद्यालयको वार्षिकोत्सब मनाउनुपर्ने बाध्यता छ। मध्यपश्चिम विश्वविद्यालयले सूचना प्रविधिलाई जोड दिँदै अघि बढेको छ। म आएपछि ५ वटा क्षेत्रमा रिसर्च एण्ड डेभलपमेन्टमा काम गरेका छौं।’

उनले आफूहरुले पहिलो पटक आरएटी रिसर्च सेन्टर खोलेको बताए। ९५ प्रतिशत भन्दा बढी उपप्राध्यापकबाट सञ्चालन भएको अवस्थामा अहिले विश्वका विभिन्न विश्वविद्यालयमा रिसर्च गरेका २५ जना व्यक्तिलाई विज्ञको रुपमा विश्वविद्यालयमा ल्याउन लागिएको उनले बताए। ‘कर्णाली क्षेत्रको विकास गर्न सकिने आधार भनेकै शैक्षिक क्षेत्रको विकास हो।’ उनले भने।

उनले विश्वविद्यालय चिट चोरेर पास हुने ठाउ नभएर गुणस्तरीय जनशक्ति उत्पादन हुने प्रागिक थलो भएकाले नेपाल समयमा प्रकाशित समाचारको विषय जोड्दै शिक्षक र विद्यार्थीले कसैले पनि बदामासि गरे त्यस उपर कारवाही गर्ने बताए। उनले भने, ‘यहाँका शिक्षकले नैतिकता गुमाएको कुरा आजको अनलाइन पत्रिकामा आएको छ। म शैक्षिक गुणस्तरको विषयमा कुनै पनि कम्प्रमाईज गर्दिन। आफैले माक्स भरेर विभागका प्रमुखले नै विश्वविद्यालयको बद्नामी गर्ने काम गरेका छन्। गलत प्रलोभनमा परेर कसैले यस्तो गरेमा हामी कारबाही गर्छौं।’

उनले विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थी अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने किसिमको हुनुपर्ने भएकाले पाठ्यक्रम रिडिजाइन गर्ने, विदेशमा पढेका अनुभवी प्रोफेसरलाई ल्याउने र अत्याधुनिक विश्वविद्यालय निर्माण गर्ने बताए।
विश्वविद्यालयमा आफू आउनुअघि ४० करोडको हाराहारीमा बेरुजु भएकोमा त्यसलाई आफूले घटाएर ९ करोडमा झारेको उनले बताए। उनले भने, ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ। शिक्षाको गुणस्तर घटाउने विषयमा म कुनै पनि सम्झौता गर्दिनँ।’

प्रविधिलाई प्रयोग गरेर यस विश्वविद्यालयलाई डिजिटल युनिभर्सिटीमा रुपान्तरण गर्ने बताउँदै उपकुलपति सिंहले प्राचीन कालमा नेपालको सबैभन्दा ठूलो सहर भएको प्रदेश पछाडि पर्नुको कारण शिक्षा नै प्रमुख भएको स्पष्ट पारे।

उपकुलपति सिंहले अनलाइन माध्यमबाट परीक्षा गर्दा विद्यार्थीले बदमासी गर्ने भएकाले मध्यपश्चिम विश्वविद्यालयले फाइनल परीक्षा अनलाइन माध्यमबाट नगर्ने घोषणा गरेका छन्। उनले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउदै दूरी कायम गरेर भौतिक रुपमै परीक्षा सञ्चालन गरिने बताए।

कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा नारायण प्रसाद पौडेलले विश्वविद्यलाय ११ वर्ष पुरा गरी १२ औं वर्षमा प्रवेश गरेको अवसरमा शुभकानमा दिँदै विश्वविद्यालयले चालू आर्थिक वर्षमा २३ करोड रुपैयाँ खर्च गरिसकेको बताए। उनले ३८ करोड सञ्चालन खर्च र पूँजीगत खर्च १५ करोड छुट्टाइएकोमा यसको भौतिक निर्माणका कामहरु भइरहेको बताए। उनले यस आर्थिक वर्षका लागि विश्वविद्यालय अनुदान आयोगबाट ५२ करोड प्राप्त भएको र पुँजीगत पूर्वाधार विकासका लागि काम गरिहेको बताए।

उनले भने, ‘विश्वविद्यायले भौतिक पूर्वाधार सँगै ऐकेडेमिक पूर्वाधार निर्माणका लागि जनशक्ति थप गर्ने प्रक्रियामा अगाडि बढेका छौं। शिक्षाको गुणस्तरमा कायम हुन नसक्नुमा हामीले विद्यार्थीलाई गुणस्तरीय कक्षा सञ्चालन गर्न नसक्नु नै हो। विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलव्ध गराउन पाठ्यक्रमलाई परिर्वन गर्दै व्यवहारिक र अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने तर्फ अघि बढाउनु पर्छ।’

विश्वविद्यालयका एमआईसीडी प्रमुख प्रा.डा दिनेश राज भूजुले विश्वविद्यालयको बारेमा जानकारी दिएका थिए। मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगकी अध्यक्ष प्रा.डा भारती जोशीले छोटो समयमा विश्वविश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न सक्षम भएकोमा खुसी व्यक्त गरेकी थिइन्।

थाहै नदिई आफू रहेको विश्वविद्यालयको नाम परिवर्तन गरिएपछि उपकुलपति सिंह आक्रोशित

एमयूको ११ औं स्थापना दिवस

थाहै नदिई आफू रहेको विश्वविद्यालयको नाम परिवर्तन गरिएपछि उपकुलपति सिंह आक्रोशित

जलजला पाटनमा हराएका सातै जना सकुशल भेटिए

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds