सुर्खेतमा खाद्य कम्पनीको सुपथ मूल्य पसल सञ्चालन

असोज १, सुर्खेत । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतको वीरेन्द्रनगरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्थाले चाडपर्व लक्षित सुपथ मूल्य पसल असोज १ गतेदेखि सुर्खेतसहित देशका ४३ स्थानमा सञ्चालनमा ल्याएको हो ।
(आज ) शुक्रबार असोज १ गतेदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसलमा तीन किसिमका चामलसहित ३ प्रकारका दाल विक्रीमाराखिएका छन् । सुर्खेतमा विशेष छुटसहित चामल अरुवा मोटा चामल–४१ रुपैयाँ किलो, जिरा मसिनो चामल–५९ रुपैयाँ किलो, सोना चामल ४४।७० रुपैयाँ किलो, दाल मसुरो १३० रुपैयाँ, मास १५९ रुपैयाँ, रहर ९अडहर० १७३ रुपैयाँमा उपलब्ध गराईएको छ ।
सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैं, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कम्पनीका कर्णाली प्रादेशिक कार्यालय प्रमुख माधव मिश्राले चाडपर्व लक्षित सुपथमूल्य पसल असोज १ गतेदेखि कार्यालयकै हाताभित्र सञ्चालनमा ल्याईएको जानकारी दिए । उनले स्थानीय जनताको मागलाई ध्यानमा राख्दै चामल, दालसँगै अन्य दैनिक उपभोग्य वस्तुको समेत केन्द्रीय कार्यालयसँग माग गरिएको बताए । उनका अनुसार कम्पनीले यस वर्ष चामल, दालमा प्रति किलो रु ५ छुट दिनेछ । कम्पनीले ल्याएको सुपथ मूल्य पसलबाट बजारमा रहेको कृत्रिम अभावलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने उपभोक्ताकर्मीहरु बताएकाछन् ।
राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेत जिल्ला प्रतिनिधि कुमारी भुसालले खाद्य व्यवस्था कम्पनीले चाडपर्व लक्षित सहुलियमूल्य पसल सञ्चालनमा ल्याएर उपभोक्तालाई राहत दिएको बताईन् । उनले सुर्खेतमा चामल र दाल मात्र होइन चाडपर्वमा चाहिने खाने तेल, पिठो, चिउरा, सिमीलगायतका खाद्यान्न समेत उपलब्ध गराउन खाद्य व्यवस्था कम्पनीलाई आग्रह गरिन् ।

कम्पनीले सुर्खेतसहित काठमाडौं उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल, सूर्यविनायक, बनेपा, विराटनगर, बिर्तामोड, हेटौंडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण भईरहेको छ ।


खाद्य कम्पनीसँगै साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान डीडीसीले आफ्ना बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएका छन् । असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ ।
यता साल्ट टे«डिङ कर्पोरेशन शाखा सुर्खेतले भने यस वर्ष कोरोना महामारी लगायतका कारणले असोज ५ गते देखि मात्र चाडपर्व लक्षित सहुलियत मूल्यको नून मात्र विक्री वितरण गर्ने बताएको छ । सुर्खेत शाखाका प्रमुख पारशमणिनाथ प्रसाद चौधरीले साल्ट टे«डिङ कर्पोरेशनमै चिनी अभाव हुँदा सुर्खेतमा यस वर्ष सहुलियत मूल्यको चिनी तत्काल उपलब्ध गराउन नसकिने स्पष्ट पारे ।

उनका अनुसार यस वर्षपनि प्रति किलो २० मूल्यको नूनमा २ रुपैयाँ छुटको व्यवस्था मिलाईएको छ ।

सुर्खेतमा खाद्य कम्पनीको सुपथ मूल्य पसल सञ्चालन

चीन र रुसका विदेशमन्त्रीबीच भेटवार्ता ,मिलेर अघिबढ्ने

सुनको मूल्य आज तोलामा १ हजार ४००

Leave a comment

Your email address will not be published. Required fields are marked *