निर्मलालाई न्याय माग्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

 धनगढी । कञ्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा रहेको मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरिएको छ।

कञ्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै धनगढी पुगेकी सावित्री सुवेदीले मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेकी हुन् ।

निर्मलालाई न्याय दे भन्दै विगत ३ बर्षदेखि धनगढी धाउदै गरेकी सावित्री भन्छीन सरकार कानमा तेल हालेर बसेको छ, जबसम्म निर्मलाले जबसम्म न्याय पाउदिनन तबसम्म महिलाहरु चुप लागेन बस्दैनौ ।

‘बलात्कारीलाई फाँसी दे निर्मलालाई न्याय दे ! मेरो शरीर मेरो अधिकार ! भन्दै उनले एक्लै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेकी छन् ।

निर्मला बलात्कारपछि हत्या घटनाको ३ वर्ष पुरा भइसक्दा पनि न्याय नपाइएको र दिनप्रतिदिन छोरी चेली बलात्कार हुँदा पनि सरकार चुप रहेका कारण न्यायको माग गर्दै आफू धनगढी आएको उनले बताइन्।

निर्मलालाई न्याय माग्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

अब सुर्खेतमा नियमित विद्युत : कोहलपुर-सुर्खेत १३२

निर्मलालाई न्याय माग्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

सुर्खेतमा भदौ ७ गतेसम्म थपियो निषेधाज्ञा

Leave a comment

Your email address will not be published. Required fields are marked *