सरकारलाई गतिशिल बनाउन कार्यसम्पादन सम्झौताः मन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आर्थिक मामिला मन्त्रालाय प्रदेश सरकारको मेरुदण्ड भएकाले कर्मचारीले कार्यसम्पादन पारदर्शी र छिटो छरितो गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

प्रदेश सरकारका सबै गतिबिधिहरु आर्थिक मामिला मन्त्रालय मार्फत हुने भएकाले प्रदेश सरकारलाई गतिशिल पार्न र उद्देश्य अनुसारको प्रगति हासिल गर्नका लागि आर्थिक मामिला मन्त्रालय गतिशिल हुन आवश्यक रहेको मन्त्री शर्माले बताए ।

‘कार्य सम्पादन एक लिखित दस्तावेज हो तर मुख्य कुरा मन मस्तिष्क र सोचाई हो, पारदर्शी तथा छिटो छरितो आफ्नो जिम्मेवारी पुरा गर्ने कुरा नै महत्वपूर्ण हो ’, मन्त्री शर्माले भने, ‘औपचारिकता भन्दा पनि व्यवहारत कार्य सम्पादन गर्नमा अब्बल हुन आवश्यक छ ।’

मन्त्री शर्माले अर्थले फाईल अड्काईदियो, अर्थ मनत्रालयका कारण बजेट कार्यान्यनमा ढिलाई भयो भन्ने जस्ता कुरा यो भन्दा पहिला सुनिदै आएको अवस्था रहेकोमा अबका दिनमा प्रक्रिया पुरा भएका योजना तथा कामलाई छिटो छरितो कार्य सम्पादन गर्नु पर्नेमा जोड दिए ।

मन्त्रालयका सचिव चक्र बहादुर बुढाले कार्य सम्पादन सम्झौताले काम गर्दा पारदर्शी र जवाफदेही बनाउने बताए । कर्मचारीको मुल्यांकन पनि कार्य सम्पादनका आधारमा हुने भएकाले कार्य सम्पादन सम्झौताको महत्व रहेको छ , सचिव बुढाले भने, कर्मचारीले कसरी काम गर्छ, उसको कार्य सम्पादन कति भएको छ भन्ने कुराले सोही अनुसार उक्त कर्मचारीलाई थप प्रोत्साहन दिईने छ ।

बुढाले कार्य सम्पादन सम्झौताले सरकारले लिएका लक्ष्यलाई हासिल गर्न सहयोग गर्ने बताए । सचिव बुढाले मन्त्रालय अन्र्तगतका महाशाखा प्रमुखहरुसंग पनि कार्य सम्पादन सम्झौता गरेका छन् । यस अघि मुख्यमन्त्रीले प्रदेशका सबै मन्त्रीहरुसंग कार्य सम्पादन सम्झौता गरेका थिए ।

सरकारलाई गतिशिल बनाउन कार्यसम्पादन सम्झौताः मन्त्री शर्मा

लयर्स एसोसिएसनमा पुनः सापकोटा

सरकारलाई गतिशिल बनाउन कार्यसम्पादन सम्झौताः मन्त्री शर्मा

प्रदेश २ का प्रदेश प्रमुख अहिराज पदमुक्त

Leave a comment

Your email address will not be published. Required fields are marked *