प्रदेश २ का प्रदेश प्रमुख अहिराज पदमुक्त
काठमाडौं : प्रदेश–२ को प्रदेश प्रमुख राजेश अहिराज पदमुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले झालाई पदमुक्त गरेको थियो।
मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले मंगलबार झालाई पदमुक्त गरेकी हुन्।
उनलाई संविधानको धारा १६५ को उपधारा (१)को खण्ड ख बमोजिम पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सरकारले हिजो प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेको छ।





