मेलम्ची बाढी पहिरो अपडेट : सम्पर्कविहीन पाँच जना भेटिए

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएकामध्ये ५ जना जिवितै भेटिएका छन्।

गएराति अबेर भेटिएका ५ जनाको ललितपुरस्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए। उनीहरुमध्ये दुईको स्वाथ्य अवस्था गम्भीर छ। उनका अनुसार प्रभावित क्षेत्रबाट ८० जनालाई उद्धार गरिएको छ।

उद्धार गरिएकामध्ये १७ जनाको स्वाथ्य अवस्था खराब भएका कारण उनिहरुलाई धुलिखेल अस्पतालमा जाँच गराएर र बाँकी लाई उद्धार लगत्तै सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको छ।

उनका अनुसार बेपत्ता भएका १५ जनाको खोजी कार्य जारी छ। अहिलेसम्म दुई जनाको शव भेटिएको छ। उनीहरु दुवैजना चिनियाँ नागरिक रहेका पोखरेलले जानकारी दिए।

नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी र दुई वटा हेलिकोप्टरको सहयोगमा अहिले पनि उद्धार कार्य चलिरहेको छ। मेलम्ची र इन्द्रावतीमा पानीको सतह केही घटेको छ।

घटनाबाट भएको क्षतिको विवरण, उद्धारमा आएको कठिनाई र राहतबारे छलफल गरी आवश्यक निर्णय लिन प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा अहिले जिल्लाका सुरक्षा संयन्त्रका प्रतिनिधिको बैठक बसिरहेको छ।

मेलम्ची बाढी पहिरो अपडेट : सम्पर्कविहीन पाँच जना भेटिए

पहिरोका कारण तीन दिनदेखि राप्ती राजमार्ग अबरुद्ध

मेलम्ची बाढी पहिरो अपडेट : सम्पर्कविहीन पाँच जना भेटिए

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *