पहिरोका कारण तीन दिनदेखि राप्ती राजमार्ग अबरुद्ध

सुर्खेत । अविरल वर्षापछि आएको पहिरोका कारण राप्ती राजमार्ग अबरुद्ध भएको छ। दाङ–सल्यान खण्डअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ बसारेमा पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको हो।

वर्षा नरोकिएका कारण तीन दिनदेखि पहिरो पन्छाउन सकिएको छैन। राजमार्ग अबरुद्ध भएपछि मालवहाक सवारीसाधन तथा एम्बुलेन्स बाटोमै अलपत्र परेका छन्।

बीच सडकमा रोकिराखेका दुई वटा गाडीमा बिहीबार बिहान क्षति पुगेको छ। त्रिवेणी गाउँपालिकाको रा१ज १६२ नम्बरको एम्बुलेन्स र ना१ख ८७८६ नम्बरको टिप्परमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रामप्रसाद श्रेष्ठले जानकारी दिए।

पहिरोले टिप्परको आधा भाग पुरिएको छ भने एम्बुलेन्सको सिसा फुटेको श्रेष्ठले जनाए। टिप्पर र एम्बुलेन्समा नागरिकहरू नभएका कारण मानविय क्षति हुनबाट जोगिएको छ।

पहिरोका कारण तीन दिनदेखि राप्ती राजमार्ग अबरुद्ध

YUGAAWHAN NATIONAL DAILY (2078-03-03)

पहिरोका कारण तीन दिनदेखि राप्ती राजमार्ग अबरुद्ध

मेलम्ची बाढी पहिरो अपडेट : सम्पर्कविहीन पाँच

Leave a comment

Your email address will not be published. Required fields are marked *