सर्लाहीमा आगलागी हुँदा दुई बालिकाको मृत्यु

काठमाडौं : सर्लाहीमा विद्युत् सट भई घरमा आगो लाग्दा दुई बालिकाको जलेर मृत्यु भएको छ।

कविलासी नगरपालिका–७ सिर्सियास्थित जोगी महरा चमारको फुसले छाएको घरमा बुधबार राति ९ बजेर १५ मिनेटमा विद्युत् सट भएर आगलागी भएको थियो।

घरमा सुतिरहेको अवस्थामा आगलागी हुँदा महराको ८ वर्षकी छोरी लक्ष्मी कुमारी र वर्ष ३ की सोगन्धी कुमारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

घरमा परालको ओछ्यानमा सुतिरहेकी बालिका जलेर गम्भीर घाइते भएपछि प्रहरीले जिल्ला अस्पताल पुर्‍याएका थिए। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएकोमा बाटैमा ज्यान गएको प्रहरी प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

घरमा लागेको आगो स्थानीयको सहयोगमा प्रहरीले झन्डै आधा घण्टापछि नियन्त्रणमा लिएको थियो।

सर्लाहीमा आगलागी हुँदा दुई बालिकाको मृत्यु

कक्षा १२ नतिजा विवाद स् १५ दिनभित्र

सर्लाहीमा आगलागी हुँदा दुई बालिकाको मृत्यु

कांग्रेस महामन्त्रीको मतगणना शुरू

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!