आइपिएलमा फर्कँदै

काठमाडौं सेप्टेम्बर १९ देखि युएईमा हुने इन्डियन प्रिमियर लिग आइपिएल २०२१ को दोस्रो चरणको खेलमा दर्शकलाई अनुमति दिइने भएको छ।
प्रतियोगिता सुरु हुनु अघि कडा कोरोना प्रोटकलबीच दर्शकलाई मैदान प्रवेश दिइने जनाइएको छ। भारतीय क्रिकेट नियन्त्रण बोर्ड ९बिसिसिआई० ले कोभिड प्रोटोकल र युएई सरकारको नियम अनुसार दुबई, शारजाह तथा अबुधाबीमा हुने खेलका लागि सिमित मात्रामा सिट उपलब्ध गराउने जनाएको छ।
२०१९ पछि आइपिएलमा दर्शक मैदानमा हुने छन्।गत संस्करणमा कोरोनाका कारण भारतमा प्रतियोगिता नभएपछि सबै खेल युएइमा भएको थियो। यो पटक पनि आइपिएल भारतमा जारी रहँदा कोरोना महामारी बढेपछि दोस्रो चरणका लागि दुबई रोजिएको हो।भारतमा २९ खेल खेलेपछि खेल रोकिएको थियो।
बाँकी रहेका खेल १९ सेप्टेम्बर बाट सुरु हुँदैछ। बिसिसिआइका अनुसार आजबाट टिकट बिक्री सुरु हुनेछ। टीकटको बुकिङ आइपिएलको आधिकारीक वेबसाइटमा गएर गर्नु पर्नेछ। आइपिएलका सबै खेल दुबई, शारजाह तथा अबुधाविमा हुनेछन्। दोस्रो चरणको पहिलो खेलमा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स तथा चेन्नई सुपर किंग्सबीच खेल हुनेछ।

 

आइपिएलमा फर्कँदै

सुर्खेतका अधिकांश स्वास्थ्य संस्थामा औषधिकाे अभाव

आइपिएलमा फर्कँदै

YUGAAWHAN NATIONAL DAILY (2078-5-31)

Leave a comment

Your email address will not be published. Required fields are marked *