बिग बोस ओटीटी : करण जौहरले दिव्यालाई भने, ‘शोको आवश्यकता नभए निस्केर गए हुन्छ’

एजेन्सी । चर्चित टेलिभिजन शो बिग बोसको नयाँ सिजन ‘बिग बोस ओटीटी’ यतिबेला चर्चामा छ । यस शोको पहिलो ‘सन्डेका वार’ पनि प्रशारण गरिएको छ ।

पहिलो ‘सन्डेका वार’ शोको होस्ट करण जौहरले गरेका छन् । उनी यो शोमा अलि बढि नै रिसाएका देखिन्छन् । शोको सबैभन्दा पहिलो ‘सन्डेका वार’ मा करणले दिव्या अग्रवाललाई झपारेका छन् ।

शोमा आएपछि दिव्याले धेरैपटक चर्चामा आउन आफूलाई शोको आवश्यकता नभएको बताउँदै आएकी छन् । शोको पहिलो दिनमा नै प्रतिकसँगको भनाभनमा उनले आफूलाई भन्दा प्रतिकलाई शोको आवश्यकता भएको बताएकी थिइन् ।

प्रतिकले उनको भनाइको तात्पर्य साधेपछि उनले भनेकी थिइन्, ‘मेरो करियर खस्किँदा मलाई बिग बोसको जरुरत पर्दैन । मलाई यो शो निकै मन पर्छ ।’

दिव्याले बिग बोसको घरमा धेरैपटक यो वाक्य बोलेकी छन् । उनले बोलेको उक्त वाक्य करण जौहरलाई मन परेन । उनले दिव्यालाई शोको आवश्यकता नभएर शो छोडेर बाहिरिन पनि अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘यो कुनै पिकनिक स्पट हैन ।’

बिग बोस ओटीटी : करण जौहरले दिव्यालाई भने, ‘शोको आवश्यकता नभए निस्केर गए हुन्छ’

सेक्सको विषयमा बोलिन् करिना : भन्छिन्, ‘मानिसहरुलाई

बिग बोस ओटीटी : करण जौहरले दिव्यालाई भने, ‘शोको आवश्यकता नभए निस्केर गए हुन्छ’

‘कपिल शर्मा शो’ को रिलिज मिति तोकियो,

Leave a comment

Your email address will not be published. Required fields are marked *