अफगानिस्तान प्रकरणको यथार्थ जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तान प्रकरणको यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकको सुरुमै एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले अफगानिस्तानमा त्यत्रो घटना भइसक्दा पनि सार्कको अध्यक्ष राष्ट्रका हिसाबले नेपालले कुनै प्रतिक्रिया नजनाएको भन्दै रुलिङ माग गरेका थिए ।

लगत्तै सभामुख सापकोटाले सरकारलाई रुलिङ गरेका हुन् । ‘हालै अफगानिस्तानमा विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीहरूका सम्बन्धमा प्रतिनिधिसभासहित मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ सभामुख सापकोटाले भने, ‘त्यहाँ रहेका नेपालीहरु सुरक्षित रुपमा रहने वातावरण बनाउन र यथाशीघ्र सकुशल ल्याउने व्यवस्था गर्न र सो सम्बन्धी यथार्थ विवरण सभाको आगामी बैठकमा जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’

अफगानिस्तान प्रकरणको यथार्थ जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

अमेरिकाले काबुल एअरपोर्ट नियन्त्रणमा लियो

अफगानिस्तान प्रकरणको यथार्थ जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

काबुल विमानस्थलमा गोली चल्दा तीन जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *