अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल उद्धार गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकलाई छिटोभन्दा छिटो सकुशल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो।

विद्रोही तालिवानले राज्य सत्ता कब्जामा लिएपछि अफगानिस्तानमा रहेका विदेशी नागरिकहरुको ज्यान जोखिममा परेको छ। अफगानिस्तानमा भएको घटनाप्रति चासो लिँदै त्यहाँ रहेका नेपालीहरुलाई छिटोभन्दा छिटो सकुशल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

प्रवक्ता कार्कीले भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति सरकारको गम्भिर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकहरुलाई सकुशल शीघ्र उद्धार गर्ने र त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक रुपमा कार्य अघि बढाउन निर्देशन दिने निर्णय गरेको छ।’

अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्ने सरकारको निर्णय

देशमा रक्तपात नहोस् भनेर देश छाडें :

अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्ने सरकारको निर्णय

मलेसियाका प्रधानमन्त्री यासिनले दिए राजीनामा

Leave a comment

Your email address will not be published. Required fields are marked *