रोकिएका लोकसेवाका परीक्षा भाैतिक उपस्थितिमै दसैंपछि हुँने

काठमाडौं । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएसँगै लोक सेवा आयोगका परीक्षा पनि रोकिएको छ।

नेपालमा निषेधाज्ञा जारी गरिएको डेढ महिना भएको छ । तर,आयोगले अहिलेसम्म परीक्षाबारे केही निर्णय लिन सकेको छैन । जसले गर्दा करिब चार लाख परीक्षार्थी अन्योलमा छन्। परीक्षाको निकास तत्काल निकाल्नुपर्ने उनीहरूको माग छ।

साउनबाट परीक्षा थाल्ने आयोगको लक्ष्य

आयोगले राेकिएका परीक्षा साउनबाट थाल्ने लक्ष्य लिएको छ। आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले निषेधाज्ञा खुलेमा साउनबाटै परीक्षा सञ्चालन गर्ने बताए।

उनले भने, ‘पछिल्लो समय कोरोना संक्रमण र मृत्युदर पनि घट्दै गएको छ, त्यसैले निषेधाज्ञा पनि विस्तारै खुल्छ होला, खुलेमा साउनबाट रोकिएका परीक्षा सञ्चालन गर्ने छलफल भएको छ, जे भए पनि दसैंअघि नै परीक्षा सञ्चालन हुन्छ।’

उनका अनुसार कोरोनाले गर्दा खरिदार,सहसचिव, प्राविधिक र अप्राविधिक, संगठित संस्थाको विज्ञापनको परीक्षा रोकिएको छ। ‘आवको विज्ञापनकाे त सबै परीक्षा गर्न सकिएको छैन, करिब चार लाख परीक्षार्थीको परीक्षा रोकिएको छ, छिट्टै हामी यसको निकास निकाल्छौँ,’ सुवेदीले भने।

चैत १० देखि आयोग पदाधिकारीविहीन बन्दा काम गर्न समस्या भएको उनको भनाइ छ। भने, ‘सरकारले यो १५ गतेसम्ममा पदाधिकारी पठाउला, त्यसपछि काम गर्न पनि सहज हुनेछ।’

परीक्षा भौतिक उपस्थितिमा सञ्चालन गरिने

लाेक सेवा परीक्षा अनलाइन माध्यमबाट नभई भौतिक उपस्थितिमै गर्ने सूचना अधिकारी सुवेदीले जानकारी दिए। ‘अनलाइनबाट परीक्षा गराउने हामीकहाँ स्रोत साधन छैन,’ उनले भने, ‘त्यसैले परीक्षा भौतिक उपस्थितिमै हुन्छ।’

धेरैजसो परीक्षार्थी गाउँ गएका छन्। उनीहरू सम्बन्धित परीक्षा केन्द्रमा पुग्ने सहज वातावरण मिलेपछि परीक्षा सञ्चालन गरिने सुवेदीले बताए। तनाव नलिई परीक्षा तयारी गरिरहन सबै परीक्षार्थीहरूलाई उनकाे आग्रह छ।

रोकिएका लोकसेवाका परीक्षा भाैतिक उपस्थितिमै दसैंपछि हुँने

मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना स्वीकृत

रोकिएका लोकसेवाका परीक्षा भाैतिक उपस्थितिमै दसैंपछि हुँने

भारतमा प्रतिदिन घट्दै छ कोरोना, संक्रमणमुक्तदर करिब

Leave a comment

Your email address will not be published. Required fields are marked *