नेपालले एसियन कप छनोटको तेस्रो चरण खेल्ने पक्का

काठमाडौं । नेपाल एशियन कप फुटबलको तेस्रो तथा फाइनल राउन्डमा छनौट भएको छ । चीन र कतारले विश्वकप छनोट तथा एसियन कपमा स्थान बनाएसँगै समूहको चौथो स्थानमा रहने टोलीले पनि सिधै तेस्रो चरणमा स्थान बनाएको एसियाली फुटबल महासंघ (एएफसी) ले जनाएको छ।

फिफा विश्वकप छनोटको दोस्रो चरणका खेल सकिएसँगै एसियन कपमा छनोट हुने र प्ले अफ खेल्ने टोलीको टुङ्गो लागेको हो । विश्वकप छनोट २०२२ र एसियन कप छनोट २०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल चौथो स्थानमा रहेको थियो ।

नेपालको विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना समाप्त भईसकेको छ । तर एएफसीले बनाएको नयाँ नियमको कारण नेपालले सिधै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाएको हो ।

यसअघि छनोटको चौथो स्थानमा रहेको टिमले प्ले अफ खेल्नु पर्ने नियम थियो। दोस्रो चरणमा चाइनिज ताइपेईलाई दुबै खेलमा हराउँदै नेपालले ६ अंक जोडेको थियो ।

जोर्डन र अष्ट्रेलियासँग भने नेपाल पराजित भएको थियो। तेस्रो चरणको छनोटमा २४ टिमको सहभागिता रहनेछ ।

अब छनोटको पाँचौं स्थानमा रहेको टिमले प्ले–अफ खेल्ने छन् । प्ले अफमा चाइनिज ताइपेई, इन्डोनेसिया, कम्बोडिया र गुआमले प्रतिस्पर्धा गर्नेछन् । प्ले अफका शिर्ष दुई टोलीले तेस्रो चरणमा स्थान पक्का गर्नेछन् ।

नेपालले एसियन कप छनोटको तेस्रो चरण खेल्ने पक्का

‘हल्का रमाईलो’ र ‘जुठे’ टीमले गोरखामा बाँड्यो

नेपालले एसियन कप छनोटको तेस्रो चरण खेल्ने पक्का

कर्णालीका कर्मचारीहरु १२ दिन घुम्न पाउने

Leave a comment

Your email address will not be published. Required fields are marked *