‘हल्का रमाईलो’ र ‘जुठे’ टीमले गोरखामा बाँड्यो ६६ परिवारलाई राहत

टेलिसिरियल ‘हल्का रमाईलो’ र ‘जुठे’ टीमले गोरखा जिल्लामा ६६ घरपरिवारलाई राहत वितरण गरेको छ । यो टीमले गोरखा गण्डकी गाउँपालिका –१ बुटारका परियार र सुनार ५० घरपरिवार तथा चेपाङ, नेवार र गुरुङ १६ घरपरिवारलाई राहत वितरण गरेको हो ।

टेलिसिरियलका लेखक/निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ, राजु पौडल लगायत अन्य कलाकारहरु त्यहाँ पुगी राहत वितरण गरेका हुन् । दैनिक ज्यालामजदुरी गरी बिहान–बेलुकाको छाक टार्दै आएका परिवार निषेधाज्ञाका कारण समस्यामा परेको हुनाले उनीहरुलाई राहत वितरण गरिएको मरिचमान श्रेष्ठले जानकारी दिए ।

उनले गाउँपालिका अध्यक्ष होमबहादुर रानासँग समन्वय गरेर वडामा राहत वितरण गरिएको जानकारी दिए । यो टीमले झण्डै डेढ लाख रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेको हो । उनीहरुलाई दैनिक उपभोग्य सामाग्री चामल, नुन, तेल, दाल वितरण गरिएको थियो ।

आफूहरुले अन्य व्यक्ति वा संस्थाबाट उठाएको रकमबाट सहयोग नगरेको समेत मरिचमानले बताए । मरिचमान अन्य समयमा पनि सामाजिक काममा सक्रिय रहँदै आएका छन् । ‘जुठे’ हिमालय टेलिभिजनमा हरेक बुधबार साँझ ८ बजे प्रशारण हुँदै आएको छ भने ‘हल्का रमाईलो’ नेपाल टेलिभिजनमा हरेक आईतबार प्रशारण हुँदै आएको छ । निषेधाज्ञामा पनि यी टेलिसिरियल नियमित प्रशारणमा छन् ।

‘हल्का रमाईलो’ र ‘जुठे’ टीमले गोरखामा बाँड्यो ६६ परिवारलाई राहत

हेमन्त र एलिनाको ‘ए मेरो असफल मायालु’

‘हल्का रमाईलो’ र ‘जुठे’ टीमले गोरखामा बाँड्यो ६६ परिवारलाई राहत

नेपालले एसियन कप छनोटको तेस्रो चरण खेल्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *