२०८३ जेष्ठ ३० गते
×

Now Playing

अफगानिस्तानमा पाँच जना पोलियोकर्मीको हत्या

एजेन्सी । अफगानिस्तानको नान्गरहर प्रान्तमा जारी पोलियो खोप अभियानमा संलग्न स्वास्थ्यकर्मीमाथि बन्धुकधारीले गरेको आक्रमणमा पाँच जना स्वास्थ्यकर्मीको ज्यान गएको छ।

अधिकारीहरूका अनुसार यस घटनामा अरू चार जना गम्भीर घाइते भएका छन्। प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्लाह खोग्यानीले अज्ञात बन्धुकधारीले प्रान्तीय राजधानी जलालाबाद शहर र नजिकैको खोग्यानी र सुर्ख जिल्लामा पोलियो थोपा खुवाउन खटिएका व्यक्तिहरूमाथि आक्रमण गरेको जानकारी दिए।

उनले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको पनि बताए। सुरक्षा निकायले ती स्वास्थ्यकर्मीका लागि विशेष सुरक्षा व्यवस्था गर्न नसकेको बताइएको छ।

अफगान स्वास्थ्य मन्त्रालयले पाँच वर्षमुनिका लाखौं बालबालिकालाई पोलियो खोप दिने गरी राष्ट्रव्यापी अभियान सञ्चालन भइरहेको समयमा उक्त घटना भएको छ।

कुनै पनि समूहले उक्त आक्रमणको जिम्मेवारी स्वीकारेको छैन। यसअघि, गत मार्चमा पनि नान्गरहरमा भएका दुई बेग्लाबेग्लै घटनामा पोलियो खोप खुवाउने अभियानमा संलग्न दुई महिला स्वास्थ्यकर्मीको गोली हानी हत्या गरिएको थियो।

विश्वमा हाल दुई मुलुक अफगानिस्तान र छिमेकी पाकिस्तानमा हरेक वर्ष पोलियोका बिरामी देखा पर्ने गरेका छन्।

अफगानिस्तानमा पाँच जना पोलियोकर्मीको हत्या

स्याङ्जामा जिप दुर्घटना : एकजनाको मृत्यु, ६

अफगानिस्तानमा पाँच जना पोलियोकर्मीको हत्या

इजरायलद्वारा गाजा क्षेत्रमा पुनः आक्रमण

Leave a comment

Your email address will not be published. Required fields are marked *