२०८३ जेष्ठ ३० गते
×

Now Playing

स्याङ्जामा जिप दुर्घटना : एकजनाको मृत्यु, ६ घाइते

स्याङ्जा । भीरकोट नगरपालिक–४ दर्बुङठाटीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बानेथोकबाट बयारघारीतर्फ आउँदै गरेको ग १ ज ४९४० नम्बरको जिप बुधबार बिहान ११ बजे दुर्घटना भएको हो। जि आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा भीरकोट–३ का ३६ वर्षीय गणेशजंग अधिकारीको मृत्यु भएको हो।र उनको भीरकोट नगर अस्पताल हेलुमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा जिप चालक ३० वर्षीय मनु भन्ने विकास थापा, ४६ वर्षीया प्रतिमा परियार, ४० वर्षीय रेशम परियार, ४८ वर्षीय रूकबहादुर परियार, २८ वर्षीया सोनी श्रेष्ठ र ४० वर्षीय रेशम परियार घाइते भएका छन्। उनीहरुलाई थप उपचारको लागि पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रोजेन्द« अधिकारीले जानकारी दिए।

जिप सडकबाट करिब पाँच मिटर तल खसेको छ। जिपमा रहेका आठजनामध्ये एकजना सकुशल रहेको प्रहरीको भनाइ छ।

स्याङ्जामा जिप दुर्घटना : एकजनाको मृत्यु, ६ घाइते

बाढीले लमजुङमा १४ घर बगायो

अफगानिस्तानमा पाँच जना पोलियोकर्मीको हत्या

Leave a comment

Your email address will not be published. Required fields are marked *