बाढीले लमजुङमा १४ घर बगायो

काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकास्थित दोर्दी खोलामा आएको बाढीले हिले बजारका १४ वटा घर बगाएको छ ।
स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति नभएको वडाअध्यक्ष ओम बहादुर गुरुङले जानकारी दिए ।
बाढीले बजारका ४ वटा बिजुलीको खम्बा ढालेको छ भने दोर्दी खोलामाथि बनेको झोलुङगे पुलमा पनि क्षति पुर्याएकाले आवतजावत प्रभावित भएको छ।
यस्तै, निर्माणाधीन दोर्दी सुपर जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्याएकाे छ ।
बन्सार हिलेबेँसीमा निर्माण कार्य सम्पन्न हुन लागेको ५४ मेघावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा क्षति पुर्याएकाे जिल्ला प्रशासन कार्यलय लमजुङका सूचना अधिकारी जगदीश मिश्रले जानकारी दिए।






