जर्मनीको आत्मघाती गोलबाट फ्रान्स विजयी

एजेन्सी । युरोकप फुटबलमा फ्रान्सले जर्मनीलाई १-० ले हराएको छ। खेलको २० औं मिनेटमा जर्मनीका डिफेन्डर म्याट्स हमल्सले आत्माघाती गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। सोही आत्माघाती गोल नै अन्तिममा निर्णायक गोल सावित भयो।

खेलको पहिलो हाफमा आक्रमक खेलेको जर्मनीले धेरै अवसरलाई गति दिन नसक्दा खेलमा बराबरीमा ल्याउन सकेन। खेलको ५२ औं मिनेटमा फ्रान्सका लागि अग्रता दोब्बर बनाउने मौका एड्रीएन राबीओटले वन भर्सेज वनको स्थितिमा गरेको प्रहार पोस्टमा लाग्दै बाहिरिए पछि रोकियो।

५३ औं मिनेटमा खेल बराबरीमा फर्काउन पाएको मौका जर्मनीले सदुपयोग गर्न सकेन। जर्मनीका लागि सर्ज गनाब्रीले गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरिन पुग्यो।

६६ औ मिनेटमा एमबाप्पेले पेनाल्टी क्षेत्रभित्र बाट गरेको गोल असिस्टेन्ट रेफ्रीले अफसाइड दिएपछि गोलले मान्यता पाएन। ७९ औ मिनेटमा एमबाप्पे आक्रमणमा वन भर्सेज वनको स्थिति भएपनि हमल्सले ट्याकल गर्दै अग्रता दोब्बर बनाउन दिएनन्। ८५ औं मिनेटमा करीम बेन्जेमाले गोल गरे पनि रेफ्रीले भीएआरको सहायताले गोललाई मान्यता दिएनन्।

८८ औं मिनेटमा जर्मनीका लेरोए सानेको फ्रिकिक बाहिरींदा जर्मनी खेलमा फर्कन सकेन। यो जितसँगै फ्रान्स ३ अंक जोडेर समूहको दोस्रो स्थानमा छ। गएराति नै भएको खेलमा पोर्चुगलले हंगेरीलाई ३-० ले हरायो।

जर्मनीको आत्मघाती गोलबाट फ्रान्स विजयी

कर्णाली सरकारले ल्यायो ३६ अर्ब ५४ करोड

जर्मनीको आत्मघाती गोलबाट फ्रान्स विजयी

बाढीले लमजुङमा १४ घर बगायो

Leave a comment

Your email address will not be published. Required fields are marked *