इजरायलद्वारा गाजा क्षेत्रमा पुनः आक्रमण

एजेन्सी । इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा फेरि आक्रमण गरेको छ। गाजा सहरमा आज बिहानै विस्फोट भएको बीबीसीले जनाएको छ। विस्फोटबाट भएको मानविय क्षतिबारे खुलेकाे छैन।

विद्रोही समूह हमासले इजरायलको क्षेत्रमा बेलुन खसालेर आगलागी गराएको र त्यसको जवाफमा हवाई हमला गरेको इजरायलले जनाएको छ। इजरायल र प्यालेस्टाइनबीच ११ दिन लामो युद्धपछि गत मे २१ मा युद्धविराम भएको थियो।

इजरायलले विज्ञप्ति निकालेर हमासले आगो भरिएका बेलुन पठाएर आफूहरुको कम्तीमा २० ठाउँमा आगलागी गराएपछि गाजामा रहेको सैन्य क्षेत्रमा आक्रमण गरेको जनाएको छ। मंगलबार हमासले जेरुसलममा कारबाही गर्ने चेतावनी दिएको थियो।

अफगानिस्तानमा पाँच जना पोलियोकर्मीको हत्या

इजरायलद्वारा गाजा क्षेत्रमा पुनः आक्रमण

कर्णाली लगायत अन्य ठाउँहरुमा भारी वर्षा हुने

Leave a comment

Your email address will not be published. Required fields are marked *